उदयपुर । भर्खरै सञ्चालनमा आएको जिल्ला बसोबास व्यवस्थापन समिति उदयपुरमा कम्प्युटर अपरेटरका लागि भएको लिखित परीक्षाको नतिजा चित्त बुझ्दो नभएको भन्दै केही परिक्षार्थीहरुले पुनः परिक्षणको माग गरेका छन् । समितिले सोमबार (फागुन २८ गते) परीक्षा दिइ, सोही दिनको साँझ परीक्षा नजिता सार्बजनिक गरेकोमा नजिता शंकास्पद र चित्त बुझ्दो नरहेकाले पुनः कापीपरीक्षणको माग गरेका हुन् ।
उनीहरुले पुनः कापी परिक्षणको माग गर्दै मंगलबार जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका छन् । उनीहरुका अनुसार ८ जना परीक्षामा सामेल रहेकोमा सुनियोजित ढंगले एकजनाको नाममात्र उतीर्ण भनी नाम निकालेको उनीहरुले बताएका छन् । योग्य र सक्षम भन्दा पनि समितिभित्र मिलेमतो गरी सुनियोजितरुपबाटै एकजनाको मात्र नाम निकालिएको आरोप उनीहरुको छ ।
सोही पदका लागि यसअघि गत फागुन ८ गते समितिले परीक्षा सञ्चालन गरेकोमा सोको नजिता नै सार्बजनिक नगरी फेरी गत फागुन २० गते स्थानीय पत्रिकामा सूचना प्रकाशन गरी अर्को परीक्षा लिएको हो । पहिलेको परिक्षाको नजिता सार्बजनिक नगरी अर्को परीक्षा गराई एकजनाको नाम मात्र निकालेकाले परीक्षा चित्त बुझ्दो नरहेको निवेदक मध्येकी सानु राजभण्डारीले बताएकी छिन् ।