चार पत्रकार समुहद्धारा सहायक वन अधिकृत माथी कारवाहीको माग (बिज्ञप्ती सहित)

उदयपुर । जिल्लाका पत्रकारहरुमाथि धावा बोल्ने जिल्ला वन कार्यालय उदयपुरका सहायक वन अधिकृत लालबाबु यादव माथि चार पत्रकार समुहले कडा कारवाहीको माग गरेका छन् । माग गर्नेमा जिल्लामा क्रियाशिल जातिय पत्रकार समुहहरुमध्ये आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), किरात राई पत्रकार संघ, थारु पत्रकार संघ नेपाल र तामाङ संचार समुह रहेका छन् । उनिहरुले शुक्रवार एक संयुक्त प्रेश बिज्ञप्ती जारीगर्दै अधिकृत यादव माथी सम्बन्धीत निकायसंग कडाभन्दा कडा कारवाहीको माग गरेका हुन् ।

बिज्ञप्तीमा पत्रकारहरुमाथि धावा बोलेको तथ्यले सुशासन, सुव्यवस्था र कानूनी राज्यको खिल्ली उडाएर हर्कत देखाउने अधिकृत यादवलाई तत्काल विभागिय तथा प्रशासकीय, कानूनी कडा कारवाहीको जोडदार माग गरिएको छ । “कर्मचारी आचरणको सिमा नै नाघेर पत्रकारहरुमाथि हदैसम्मको अपशब्द प्रयोग गरी गम्भिर आक्षेप, धम्की र चुनौती दिएको तथ्य फेला परेको र सञ्चारमाध्यमहरुमा सार्बजनिक भईसकेको अवस्था छ” बिज्ञप्तीमा भनिएको छ “यसले अहिले पनि पत्रकारहरु सुरक्षित छैनन् भन्ने देखिएको छ” ।

बिज्ञप्तीमा बिनाकारण समाचारको बिषयलाई लिएर सिंगो पत्रकार जगतलाई गरिएको अपमान, धाकधम्की र चुनौतीले लोकतन्त्र, सुशासनको खिल्ली उडाउने काम भएकाले सम्बन्धीत निकायले गम्भिरताका साथ छानविन गरी दोषीलाई कडा कारवाहीको माग गर्दै पत्रकारहरुलाई स्वतन्त्रपूर्वक कामगर्ने वातावरण सिर्जना गर्न सबै तहका सरकार समक्ष माग गरिएको छ । जारी संयुक्त प्रेस बिज्ञप्तीमा फोनिजका सचिब इश्वर बलम्पाकी मगर, किरात राई पत्रकार संघका अध्यक्ष गंगा राई, थारु पत्रकार संघका अध्यक्ष सुखीलाल चौधरी र तामाङ संचार समुहका अध्यक्ष नरेशमोहन तामाङको हस्ताक्षर रहेका छन् ।

उता, नेपाल पत्रकार महासंघ, शाखा उदयपुरले पनि कर्मचारी आचरणको खिल्ली उडाउदै होटलमा बसेर पत्रकारहरुलाई तथानाम गर्ने जिल्ला वन कार्यालय उदयपुरका सहायक वन अधिकृत लालबाबु यादव विरुद्धमा शुक्रवार उजुरी दिएको छ । सहायक वन अधिकृत यादवलाई तत्काल विभागिय तथा प्रशासकीय, कानूनी कडा कारवाहीको माग गर्दै शाखाले उजुरी दिएको शाखा अध्यक्ष भरत खड्काले बताएका छन् ।

यादवले होटलमा सरकारी सवारी साधनको दुरुपयोग बारेको समाचारको सन्दर्भ जोडेर हदैसम्मको अपशब्द प्रयोग गरी पत्रकारहरुलाई गालीगलौंज गरेको तथ्य फेला परेको र सञ्चार माध्यमहरुमा सार्बजनिक भएको सन्दर्भमा महासंघमा बसेको बैंठक तथा छलफल पछि प्रशासनलाई उजुरी दिएको महासंघले जनाएको छ ।
bigyapti

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *