सहायक वन अधिकृत यादवविरुद्ध प्रशासनमा कारवाहीको उजुरी

उदयपुर । नेपाल पत्रकार महासंघ, शाखा उदयपुरले कर्मचारी आचरणको खिल्ली उडाउदै होटलमा बसेर पत्रकारहरुलाई तथानाम गर्ने जिल्ला वन कार्यालय उदयपुरका सहायक वन अधिकृत लालबाबु यादव विरुद्धमा उजुरी दिएको छ । सहायक वन अधिकृत यादवलाई तत्काल विभागिय तथा प्रशासकीय, कानूनी कडा कारवाहीको माग गर्दै शाखाले उजुरी दिएको शाखा अध्यक्ष भरत खड्काले बताएका छन् ।

यादवले होटलमा सरकारी सवारी साधनको दुरुपयोग बारेको समाचारको सन्दर्भ जोडेर हदैसम्मको अपशब्द प्रयोग गरी पत्रकारहरुलाई गालीगलौंज गरेको तथ्य फेला परेको र सञ्चार माध्यमहरुमा सार्बजनिक भएको सन्दर्भमा महासंघमा बसेको बैंठक तथा छलफल पछि प्रशासनलाई उजुरी दिएको महासंघले जनाएको छ ।

एक सरकारी कर्मचारी भएर सामान्य मर्यादासम्म पालना नगरी सिंगो पत्रकारिता जगतलाई अत्यन्तै नीच ढंगले गालीवेइजत, धाकधम्की र चुनौती दिएको निश्कर्ष निकाल्दै पहिलोचरणमा प्रशासनमा कारवाहीका लागि उजुरी दिने निर्णय गरेको हो । प्रशासनलाई विभागिय तथा प्रशासनीय कारवाहीको माग गर्दै दिइएको उजुरीमा चित्तबुभ्mदो कारवाही नभए आन्दोलनमा उत्रने निर्णय भएको छ । घटनाले पत्रकार सुरक्षा तथा स्वतन्त्र पत्रकारितामाथि धावा बोलेको ठहर गर्दै सिंगो पत्रकारिताको अस्तित्वका लागि एकजुट हुन महासंघले आव्हानसमेत गरेको छ ।
ami-final

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *