उदयपुरमा शान्ति पदयात्रा सुरु

उदयपुर । ८२ औँ त्रिमुर्ति महाशिवरात्रीको अवसरमा व्रहामकुमारी राजयोग सेवा केन्द्र गाईघाटले बुधबार उदयपुरमा विविध कार्यक्रमको आयोजना गरेको छ । विश्व सुख, शान्ति र स्वास्थ्यको कामना गर्दै सेवा केन्द्रले महाविशरात्रीको अवसरमा बुधबार विहान ध्यात्मीक प्रवचन, शिवबाबाको झण्डात्तोलन र शिवलिङीको शान्ति पदयात्रा कार्यक्रम सुरु गरेको छ । सेवा केन्द्रबाट सुरु भएको पदयात्रा त्रियुगा नगरपालिकाका विभिन्न भुभाग हुँदै सिरहाको लाहान र अन्य जिल्लाहरुमा पुगिने बताइएको छ ।

कार्यक्रमको उद्घाटन त्रियुगा नगरपालिकाका उपमेयर देबिकुमारी चौधरी, उच्च अदालत इलामका न्यायाधिश विरेन्द्र कर्ण र नेपाल पत्रकार महासंघ उदयपुरका अध्यक्ष भरत खड्काले गरे । सो अवसरमा बोल्दै उपमेयर चौधरीले शान्ति स्थापनाका लागि प्रजापिता ब्रहाकुमारी इश्वरीय विश्वविद्यालयको भुमिका रहेको चर्चा गरिन । उनले विपद्को बेला भगवात सम्झने र सहजताको बेला नसम्झने प्रवृतिले मन शान्ति नहुने धारणा व्यक्त गरिन् । न्यायाधिश कर्णले आत्मालाई जागरण गर्ने उदेश्यले राजयोग पाठशाला प्रारम्भ भएको बताए ।

उनले परमात्माको यादगर जीन्दगी नै महाशिवरात्री भएकाले विश्वका १४० मुलुकमा यो कार्यक्रम सञ्चालन भईरहेको बताए । त्यसैगरी पत्रकार महासंघका अध्यक्ष खड्काले मन, मस्तिकलाई जवसम्म शान्ति दिलाउन सकिन्न तवसम्म व्यक्तिका स्वभाव परिवर्तन नहुने हुनाले शान्ति स्थापनाका लागि राजयोगले भुमिका खेल्ने बताए । उनले तनावपूर्ण जीन्दगीलाई शान्त बनाउन सकेमात्र आफु, परिवार, समाज र राष्ट्रलाई सहि बाटोमा अगाडी बढाउन सकिने बताए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *