राष्ट्रिय अनुसन्धानको भवन उद्घाटन

उदयपुर । जिल्ला प्रशासन कार्यालयको एउटा कोठामा सिमित रहेको राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय उदयपुर बिहीबारदेखि आफ्नै सुविधा सम्पन्न भवनमा सरेको छ । भवनको बिहीबार एक समारोहका विच विभागका मुख्य अनुसन्धान निर्देशक दिलिपराज रेग्मीले उद्घाटन गरे । २०७३ माघ १० गते सम्झौता गरी निर्मार्ण कार्य सुरु गरिएको भवन कार्यसम्पन्न मिति ६ महिना बाँकी छँदै सम्पन्न भएको कार्यालय प्रमुख तिलक प्रसाईले जानकारी दिए ।

उनकाअनुसार ८८ लाख ३८ हजार ४४५ रुपिँया ८७ पैसाको लागतमा १८ महिनामा निर्माण कार्य सम्पन्न गर्ने गरी सुसम आदित्य विजय निर्माण सेवा प्रा.लि. त्रियुगा नगरपालिका १० ले जिम्मा लिएको थियो । दुई तला रहेको भवनमा तल्लो तलामा कार्यालय प्रमुखको कार्यकक्ष र हल, वाथरुमसहित २ वटा कोठा, दोस्रोे तलमा कार्यालय प्रमुखको निवास प्रयोजनका लागि ४ वटा कोठा वाथरुम रहको छ । भवनको प्राविधिक सहयोग शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय उदयपुरले गरेको थियो ।

भवनको उद्घाटन गर्दै निर्देशक रेग्मीले भवनको सुन्दरतासँगै कार्यालयबाट गरिने कामकाज र सेवालाई पनि सुन्दरता दिनु पर्ने बताए । उनले जिल्ला प्रशासन कार्यालयको एउटा कोठामा सिमित रहँदा कामकाजमा समस्या परिरहेको अबश्थामा सहजता बनाउन पछिल्लो समयमा विभागले जिल्ला कार्यालयको भवन निर्माण कार्य सुरु गरिएको बताए । रेग्मीले सूचनालाई व्यवस्थित र अपडेट गरी राष्ट्रिय सुरक्षा रणनीतिलाई मजवुद गर्ने अनुसन्धान विभागको भएकाले जिम्वेवारीलाई कुशलतापुर्वक निर्वाह गर्न विभाग तयार रहेको बताए ।

कार्यक्रममा नेपाल प्रहरीका पुर्वमहानिर्देशक उपेन्द्रकान्त अर्यालले जिम्वेवारीअनुसार सूचनालाई व्यवस्थित र विश्वसनिय बनाउन आग्रह गरे । उनले भवन निर्माणसँगै विभागको रुपान्तरण, जनशक्ति बृद्धि र विकासका गतिबिधि अगाडी बढ्ने भएकाले आफ्नो दायित्वलाई कुशलतापुर्वक सम्पन्न गर्न आग्रह गरे ।

त्यस्तै निमित्त प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले राष्ट्रिय अनुसन्धान विभाग अन्य कार्यालय भन्दा फरक भएकाले यसलाई व्यवस्थित गर्दै लैजानु पर्ने बताए । जनतासँग प्रत्यक्ष सम्बन्ध नभएपनि आन्तिरिक र राष्ट्रिय सुरक्षा रणनीतिमा यस कार्यालयको प्रमुख भुमिका हुने भएकाले कार्यालयका कार्यसम्पादनलाई व्यवस्थित गर्नु पर्नेमा जोड दिए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *