रामपुरमा ट्राफिक सक्रियता बढ्दो, चोरीको मोटरसाईकल सहित युवा पक्राउ

उदयपुर । पछिलो समय उदयपुरको बेलका नगरपालिका स्थित ट्राफिक प्रहरीले आफ्नो सक्रियतालाई बढाउदै आएको छ । नियमित सवारी चेकजाँचलाई प्रभावकारी बनाएर सक्रियता बढाउदै आएको ट्राफिक प्रहरीले मंगलबार चोरीको मोटरसाईकल सहित एक युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको चौदण्डीगढी नगरपालिका–८ सिद्धिपुर का २४ बर्षिय सन्तोष राई रहेको छ ।

पक्राउ परेका राईको साथबाट बा. ४४ प. १९९८ नम्बरको चोरीको टुट्वान्टि मोटरसाईकल सहित डुब्लिकेट सवारि चालक अनुमति पत्र र सवारी दर्ता किताब बरामद गरिएको ट्राफिक प्रहरी जवान गोबिन्द पौडेलले बताए । जवान पौडेलका अनुसार नियमित चेकजाँचकोक्रममा बेलका–४ स्थित लालबाजरबाट सो बरामद सामाग्री सहति राईलाई पक्राउ गरिएको हो ।

उक्त मोटरसाईकल २०७० सालदेखि काठमण्डौंको नरेफाटबाट चोरी भएको थियो । मोटरसाईकल सिन्धुली स्थित मधुटार–४ बस्ने पदम बहादुर रोक्काको नाममा रहेको छ । अहिले पक्राउ परेका राई र मोटरसाईकल लगायत अन्य सामाग्रीहरु जिल्ला प्रहरी कार्यालय उदयपुरको नियन्त्रणमा रहेको छ । त्यसैगरि बेलका नगरपालिकाका बिभिन्न क्षेत्रहरुमा नियमित ट्राफिक चेकजाँचबाट ठूलो मात्रामा राजस्व संकलनमा भएको छ । जसमा तीन महिनाको अन्तरालमा २ लाख १० हजार भन्दा बढी राजस्व संकलन भएको ट्राफिक प्रहरी कार्यालय रामपुरठोक्सिलाका ईन्चार्ज गोबिन्द पौडेलले बताए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *