उदयपुरमा ९ सय ३९ जना म्यादी प्रहरी छानिए

उदयपुर । प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनका लागि जिल्ला प्रहरी कार्यालय उदयपुरले म्यादी प्रहरी छनौट कार्य सम्पन्न गरेको छ । छनौट प्रक्रियाबाट ९ सय ३९ जना म्यादी प्रहरी परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरीक्षक देबि प्रसाद फागुले बताएका छन् ।

निरीक्षक फागुको अनुसार बैंकल्पिकमा १ सय ८७ जनाको नाम समेत निकालिएको छ । म्यादी प्रहरीका लागि २ हजार २ सय १९ जनाले फारम भरेका थिए । छनोटबाट नाम निकालेकाहरुलाई तालिमको लागि जिल्लाको कटारी, बेल्टार, रामपुर ठोक्शीलामा विभाजन गरिने छ । उनिहरुको आईतवारदेखि तालिम सुरु हुने कार्यालयले जनाएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *