स्थानीय निकायको कार्यक्रहरुमा अपाङ्गता

उदयपुर । अपाङ्गता सवालहरुको समावेसीकरण सम्बन्धि एक दिने अन्तरक्रिया कार्याक्रम उदयपुरमा सम्पन्न भएको छ । अपाङ्गता सम्बन्धि बिषयलाई स्थानीय निकायका हरेक गतिबिधिहरुमा समाबेस गरियोस् भन्ने उद्धेश्यले भएको सो कार्यक्रम आईतवार सम्पन्न भएको हो ।

कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरुको हक, हित र अधिकारका लागि नेपालमा अन्तराष्ट्रिय कानुन लगायत घरेलु कानुनहरु रहदा समेत त्यस्तो कानुनलाई ओझेलमा पारिरहेको अपाङ्ग बिकास संघ गाईघाटका अध्यक्ष चन्द्र राईले बताए । उनले प्रचलित कानुन साथै राष्ट्रिय, अन्तराष्ट्रिय मूल्य मान्यताहरुलाई कार्यान्वयन र अक्षरस पालना गर्दै अपाङ्गता भएका व्यक्तिहरुको सवालहरुलाई बिकासको मुलप्रवाहमा उच्च प्राथमिकताको साथ समेटिनु पर्ने समेत बताए ।

कार्यक्रममा सहभागि अन्य व्यक्तिहरुले अपाङ्गता भएका ब्यक्तिहरुले सपाङ्गहरुलाई नै चुनौति दिएको थुप्रै उदाहरण भएको बताए । उनिहरुले अपाङ्गता भएका व्यक्तिहरुलाई क्षमता अनुसारको व्यावसायिक काममा उन्मुख गराउन राज्यको मुख्य दायित्व रहेको बताए । अपाङ्ग बिकास संघ गाईघाटको आयोजनामा भएको उक्त कार्यक्रममा जिल्ला समन्वय समिति उदयपुरको उप–प्रमुख गंगा राई, गैरसकारी संस्थाका उदयपुरको उपाध्यक्ष सुमन परियार, नेपाल पत्रकार महासंघ उदयपुरको सह–सचिब गजेन्द्र राई लगायत बिभिन्न संघसंस्थाका प्रतिनिधिहरुले प्रतिबद्धता मन्तव्य राखेका थिए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *