झापामा प्रहरीको गोली लागेर एक जनाको मृत्यु, ६ जनाको अवस्था चिन्ताजनक

झापा– झापाको विर्तामोडमा प्रहरीको गोली लागि एक जनाको मृत्यु भएको छ । झापा अर्जुनधधारा–११ का नरेश थापाको प्रहरीको गोली लागि मृत्यु भएको हो । गोली लागेपछि उपचारका लागि मेची अञ्चल अस्पताल लैजादै गर्दा मृत्यु भएको हो । त्यस्तै प्रहरीको गोली लागेर अन्य छ जनाको अवस्था चिन्ताजनक रहेको छ ।

इलाका प्रहरी कार्यालय विर्तामोडका डिएसपी राजकुमार सिलवालले एक जनाको मृत्यु भएको पुष्टि गरे । स्थानीयका अनुसार देवनन्द राजबंशी र मणि नेपालीको मेचि अन्चल अस्पतालमा उपचार भइरहेको छ । बाँकी सुनिल पाठक, अशोक बस्नेत, नवराज कोइराला र पुण्यप्रसाद लुइटेलको वि एण्ड सी अस्पतालमा उपचार भइरहेको छ ।

बालक हत्याको विषयमा स्थानीय र प्रहरीबीच झडपपछि प्रहरीले गोली चलाएको थियो । स्थिति तनावग्रस्त भएपछि विर्तामोडमा स्थानीय प्रशासनले कफ्र्रयु आदेश नै जारी गरेपनि प्रदर्शन रोकिएको छैन । शुक्रबार दिउँसो साढे १ बजेबाट प्रशासनले कफ्र्यु लगाएको हो । तर, आक्रोशित सर्वसाधारणले कफर््युको अवज्ञा गर्दै प्रदर्शन जारी राखेका छन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *