उदयपुर । उदयपुरमा एक ट्याक्टर चालक मृत अवस्थामा फेला परेको छ । जिल्लाको उदयपुरगडी गाउँपालिका–७ र रौतामाई गाउँपालिका–९ को सिमानामा पर्ने चिहाने खोलाको नजिकै विहिबार विहान उनको शब फेला परेको हो । फेला पर्नेमा त्रियुगा नगरपालिका–६ जलजलेका ३० बर्षिय शिवकुमार सदा रहेको छ ।
स १ त ५९६० नम्बरको ट्याक्टरका चालक ट्याक्टरकै छेउमा मृतअवस्थामा भेटिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ट्याक्टरको साईड लाईटसमेत बलिरहेको थियो । ट्याक्टर दुर्घटनाकै कारण उनको मृत्यु भएको जस्तो देखिएपनि घटनालाई प्रहरीले हत्याको आशंका गरेको छ । घटनास्थलको प्रकृति मुचुल्का उठाएको प्रहरीले गहिरो अनुसन्धान थालेको जनाएको छ ।
Facebook Comments