उदयपुरमा दुई पार्टी बिच धुर्वीकरण

उदयपुर । राष्ट्रिय रुपमा पार्टी धुर्वीकरणको लहर चलिरहेको समममा उदयपुरमा पनि दई पार्टी बिच धुर्वीकरण गरिएको छ ।
धुर्वीकरण गर्नेमा नेकपा माओवादी केन्द्र र पूर्व राष्ट्रसेवक लोकतान्त्रिक पार्टी रहेको छ । धुर्वीकरण विहिवार माओवादी केन्द्रको जिल्ला पार्टी कार्यालयको सभा हलमा एक कार्यक्रम विच सम्पन्न भएको हो ।

सो कार्यक्रममा शुभकामना दिदै नेताहरुले जनताको चाहना समानता र सामाजिक न्याय सहितको समृद्धि रहेको बताए । यस्तो जनताको चाहना माओवादी केन्द्रबाट मात्र सम्भव रहेकाले यो धुर्वीकरण सम्भव भएको उनिहरुको भनाई थियो ।

कार्यक्रमलाई भिमबहादुर अधिकारी “अनिल”, ज्ञानबहादुर बस्नेत, मणी खम्बु, बिनोद कुटुवाल “दिवस”, कुलबहादुर बस्नेत लगायतका जिल्लाका नेताहरुले शुभकामना दिएका थिए । कार्यक्रममा दुवै पार्टीका नेता कार्यकताहरुको बाकुलो उपस्थिति रहेको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *