हात्तिपाईले रोगको उदयपुरमा नमुना परीक्षण गरिने

उदयपुर । जिल्ला जनस्वास्थ्य कार्यालय उदयपुरले हात्तिपाईले रोग निवारण भए नभएको नमुना परीक्षण गर्ने भएको छ । ६ बर्षदेखि हात्तिपाईले रोगविरुद्धको औषधि लगातार खुवाउँदै आएको जनस्वास्थ्यले यो पटक भने नमुना परीक्षण गरेर मात्र आगामी दिनमा कार्यक्रम सञ्चालन गर्ने कि नगर्ने निर्णय लिने भएको हो । डव्लुएचओको सहयोगमा स्वास्थ्य मन्त्रालयले आफु मातहतका निकायबाट सञ्चालन गर्दै आएको छ ।

कार्यक्रम लगातार ५ बर्षसम्म सञ्चालन भएपछि रोग निर्मूलीकरण हुने लक्ष्य राखिएको छ । सो अवधिमा रोग निवारण भए नभएको नमुना परीक्षण गरेर मात्र कार्यक्रमलाई थपघट गर्ने व्वस्था गरिएको छ । ५ बर्ष पुरा गरिसकेपछि जिल्लाको सदरमुकाम गाईघाट रहेको त्रियुगा नगरपालिकामा नमुना परीक्षण गर्दा फेला परेपछि पुनः १ बर्षका लागि यो कार्यक्रम थप गरिएको जनस्वास्थ्य प्रमुख सागर पन्तले बताए ।
उनले भने, ‘नमुना परीक्षणमा रोगको अबश्था २ प्रतिशतभन्दा मुनी हुँदा सन्तोषजनक मानिन्थ्यो र कार्यक्रम सकिन्थ्यो, त्यसो नभई २ दशमलव ९ प्रतिशत देखिएकाले पुनः थप गरिएको हो ।’ ‘मापदण्डमा फेल भएपछि पुनः कार्यक्रम सञ्चालन गरिएको हो,‘ पन्तले भने, ‘आशा गरौँ यो पटक अभियान राम्रोसँग सञ्चालन भएको छ, अर्कोपटक थप्ने परिस्थिति नआउला ।’

आगामी मंसिर महिनामा जिल्लाको त्रियुगा र कटारी नगरपालिकामा गर्न लागिएको नमुना परीक्षणमा दुई ठाउँमा गरी ६ सय जनाको स्थलगत रगत परीक्षण गरिनेछ । त्यसका लागि स्थानीय नगरपालिका, प्रहरी, प्रशासनसँग समन्वय गरिने हात्तिपाईले कार्यक्रमका जिल्ला फोकलपर्सन युगलकिशोर यादवले बताए । रगत परीक्षणका लागि काठमाण्डौँबाट नै प्राविधिक टोली खटिने उनको भनाई छ ।

हात्तिपाईले रोग मसिनो धागो आकारको परजिवीबाट संक्रमण भए पछि लाग्ने गर्दछ । क्युलेक्स जातको संक्रमित पोथि लामखुट्ट्ेले स्वास्थ्य मानिसलाई टोकेर यी परजिवीहरु शरिरमा प्रबेस गरे पछि यो रोग लाग्दछ । यसको अन्त्यका लागि नेपाल सरकारले वर्षेनि हात्तिपाईले रोग विरुद्धको औषधि खुवाउदै आएको छ । औषधि दिर्घ रोगी, दुई बर्ष मुनिका बच्चा, गर्भवती महिला, मृगी, मुटुरोगी, लामो समयदेखि ज्वर आएका बिरामीहरुलाई ख्वाउन नमिल्ले चिकित्सकहरुले बताएकाछन् । हात्तीपाईले रोगले बढिमात्रमा हात खुट्टा र गुताङकमा असर गर्ने बतार्ईएको छ । यो रोगका लक्षणहरु जाडो लागि ज्वरो आउनु र शरिर कम्पन हुन, लिम्फ नलीहरु सुनिनु, रातोभई दुख्नु, हातगोडामा निलाकाला धर्सा देखिनु हो ।

सन् २००१ देखि नेपाल मा हात्तिपाईले रोग निवारणसम्बन्धी कार्यक्रम सञ्चालन भएको हो । ५ बर्षसम्म कार्यक्रम सञ्चालन भएका पुर्वका जिल्लाहरुमध्ये नमुना परीक्षण गर्दा उदयपुर र भोजपुरमा २ प्रतिशतभन्दा माथि देखिएपछि पुनः १ बर्षका लागि यो कार्यक्रम थपिएको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *