गजेन्द्र राई
उदयपुर । गल्ति नदोहो¥याउने सर्तमा पक्राउ परेको काठ उदयपुरमा छोडिएको छ । सोमबार राति सिराहा तर्फ लानेक्रममा जिल्ला प्रहरी कार्यालय उदयपुरले पक्राउ गरेको काठ छोडिएको हो । जिल्लाको चौदण्डीगढी नगरपालिका– ९ स्थित सिमान्त सामुदायिक बन उपभोक्ता समुहबाट लानेक्रममा पक्राउ परेको काठ मंगलवार छुटेको हो । पक्राउ परेको काठ ६ ओटा टिफरमा लोट गरिएको थियो ।
नियम पुरा गरेर लान खोजिएपनि कानुन बिपरित टिफरमा लोड गरेर लगिएकाले टिफर र काठलाई नियन्त्रमा लिनु परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख एसपी नबराज भट्टले बताए । एसपी भट्टका अनुसार काठ व्यावसायिले गल्ति नदोहो¥याउने सर्त गरेपछि सामन्य छानबिन पछि काठ छाडिएको हो ।
उता जिल्ला बन कार्यालय उदयपुरका सुचना अधिकृत लालबाबु यादबले प्रक्रिया पुगेको काठ प्रहरीले अठ्याएर अनावश्यक दुःख दिएको बताए । प्रक्रिया पुगेको काठ पक्रेर हेर्नु बाहेक अरु केहि नहुने उनले बताए । जिल्लाको त्रियुगा नगरपालिका १२ पुरानो गाईघाटमा पक्राउ परेको काठ सिमान्त सप्लार्यस एण्ड ट्रेडर्स गाईघाटको नाममा रहेको छ ।