उदयपुरका कालिगढहरु आन्दोलित

सञ्चार किराँती
उदयपुर, १९ पुस । आफ्ना सहकर्मी कुटपिट गर्नेलाई कार्वाही गर्न प्रहरीले उदासीन्ता देखाएको भन्दै उदयपुरका सुनचादी श्रमीक (कालिगढ) हरु आन्दोलनमा उत्रीएका छन् ।

पौष १ गते स्थानीय व्यवसायीहरुले गाईघाट स्थित सोनी ज्वेलर्समा कार्यरत कालिगढ आकाश पट्टेल र संन्दिप विकलाई विना कारण कुटपिट गरेका थिए । स्थानीय सुनचादी व्यवसायी सन्तोष स्वर्णकार, अर्जुन ठाकुर ग्यारेज व्यवसायी राजु ठाकुर, स्वास्थ्य चौकी साउनेका अहेब श्याम ठाकुर र ओसो होटल गाईघाटका राजकुमार चौधरीले कुटपिट गरेका थिए । विनाकारण कुटपिट गरेकालाई कार्वाहिको माग गर्दा प्रहरीले पिडितको निवेदन बुझन नमानेको भन्दै कालिगढहरुले मंगलबार बेलुका विरोध ¥याली सहित प्रेस विज्ञप्ती जारी गर्दै आन्दोलनको कार्यक्रम घोषणा गरेका छन् । उनीहरुले विरोध सहित आफ्ना माग प्रति प्रहरीले वेवस्ता गरेको भन्दै विरोध जनाएका हुन् । आईतबार घटना घटे पछि सोमबार पिडितहरुले जिल्ला प्रहरी कार्यालय उदयपुरमा जाहेरी दर्ता गर्न खोजे पनि प्रहरी ईन्चार्ज जिल्लामा नहुदा जाहेरी दर्ता हुन सकेको थिएन ।

पिडितको गुनासोको आधारमा प्रहरीले पिडकहरुलाई नियन्त्रणमा राखे पनि सोमबार राती केहि राजनैतिक दलका नेताहरुको रोहबरमा पिडकलाई प्रहरीले छाडेको प्रति प्रहरी संग विश्वस्त हुन नसकेको कालिगढ संघ उदयपुरका अध्यक्ष बिष्णु गजमेर द्धारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख गरिएको छ । यता घटनाको बिषयमा मंगलबार जिल्ला प्रहरी कार्यालयमा दुई पक्ष विचमा सहमतीको प्रयास गरे पनि पिडितले कानुन बमोजिम कार्वाहिको माग राखेका थिए । पिडितले कार्वाहिको माग राख्दै जाहेरी दर्ताको लागि आग्रह गर्दा जिल्ला प्रहरी इन्चार्जको जिम्मेबारी पाएका इलाका प्रहरी कार्यालय कटारीका प्रहरी नायव उपरिक्षक चिरन्जीवि कोइरालाले गैरजिम्मेबारीपूर्वक ढंगबाट जवाफ दिए पछि पिडितहरु प्रहरी कार्यालय परिसरबाट बाहिरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ । उनीहरुले अमुक राजनैतिक दलको नेताको एकतर्फि कुरा सुनेर प्रहरीले श्रमीकहरुको आवाज नसुनेको भन्दै विरोधमा उत्रीनु परेको सुनचादी कालिगढ संघका अध्यक्ष विष्णु गजमेरले बताए । उनीहरुले विरोध स्वरुपम बुधबार (आज) देखि अनिश्चितकालको लागि सुनचादी पसलहरु बन्द गर्ने भएका छन् ।

उनीहरुले दोषी माथि कानुन बमोजिम कार्वाहि, गैरजिम्मेबार पूर्वक जवाफ दिने प्रहरी अधिकृतले माफि माग्नु पर्ने, कालिगढहरुको सुरक्षाको ग्यारेण्टि गर्नु पर्ने माग राख्दै आन्दोलनको कार्यक्रम अघि सारेका छन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *