उदयपुर, २८ पुस । “उदयपुरगोल्ड कप फुटवाल प्रतियोगिता २०६८” को चौथो संस्करण–२०७३ माघ २७ देखि सुरु हुने भएको छ ।
उदयपुर गोल्ड कप फुटवल प्रतियोगिता मुल आयोजक समितिले बुधवार सदरमुकाम गाईघाटमा एक पत्रकार सम्मेलनको आयोजनागरि सो प्रतियोगिता आउदो माघ २७ देखि फागुन ५ गते सम्म संचालन हुने जानकारी दिएको हो ।
स्वास्थ्य, अनुशासन र राष्ट्रिय एकता र सदभावका लागि उदयपुर गोल्डकप भन्ने मुल नाराका साथ हुने उक्त प्रतियोगिता जिल्लाको त्रियुगा नगरपालिका– २ स्थित थारुहटरंगशालामा हुने छ । खेलकुदको माध्यमबाट उदयपुरको पहिचान गर्ने उद्देश्यले जिल्ला विकास समिति उदयपुर, त्रियुगा नगरपालिकाको सहयोग तथा जिल्ला फुटवल संघ उदयपुरको आयोजनामा प्रतियोगिता हुन लागेको मुल आयोजक समितिका संयोजक किरण राईले बताएका छन् । संयोजक राईको अनुसार ए डिभिजनका ७ वटा क्लब र घरेलु टिम उदयपुर ११ ले प्रतिस्पर्धा गर्ने निश्चित भएको छ । प्रतियोगितामा भारतको खर्साङ्ग क्लबले पनि भाग लिने सूचना आफुहरुले पाएको आयोजकले जनाएको छ । गोल्डकप फुटवल प्रतियोगिता व्यवस्थित रुपमा संचालन गर्नको लागि विभिन्न उपसमिति समेत गठन भएको छ । जसमा आर्थिक व्यवस्थापन उपमिति, खानपान तथा वसोबास व्यवस्थापन उपसमिति, सुरक्षा उपसमिति, प्रचार प्रसार उपसमिति लगायतका उपसमितिहरु गठन गरिएको छ । नक आउटको आधारमा खेलाईने गोल्डकप संचालनको लागि करिव ३८ लाखको आय व्यय सम्मेलनमा प्रस्तुत गरिएको थियो ।
गोल्डकप विजेतालाई दई लाख र उपविजेतालाई एकलाख नगद राशी र शिल्ड प्रदान गरिने छ । २०६८ सालमा सुरु गरिएको गोल्डकप स्थानीय त्रियुगा उच्च माध्यामिक विद्यालयमा तेस्रो संस्करण सम्म संचालन गरिएको थियो ।