इलाका प्रहरी कार्यालय बेल्टारको प्रमुखलाई बिदाई तथा स्वागत

गजेन्द्र राई
उदयपुर, १८ पुष । उदयपुरको बेल्टार–बसाहा नगरपालिका स्थित इलाका प्रहरी कार्यालय बेल्टारमा डेडबर्ष कार्यकाल पुरा गरी काठमाडौं सरुवा भएका प्रहरी नीरिक्षक (इन्चार्ज) भिम सिलवाललाई स्थानीयले सोमबार विदाई गरेका छन् भने नयाँ प्रहरी निरीक्षक (इन्चार्ज) आशाराम चौधरीलाई स्वागत गरेका छन् ।

इप्रकामा आयोजित विदाई तथा परिचयात्मक कार्यक्रमकाबीच स्थानीयहरुले पुरानो प्रहरी नीरिक्षकलाई विदाइ तथा नयाँलाई स्वागत गरेका हुन् । स्थानीय राजनीतिक दल, नागरिक समाज, संघसंस्था, शिक्षक लगायतले प्रहरी निरीक्षक सिलवाललाई कार्यकाल सफलतापूर्वक पुरा गरेकोमा बधाई तथा आगामी दिनमा प्रगति र सफलताको शुभकामना दिएका थिए । विदा भएका प्रहरी निरिक्षक सिलवाललाई नयाँ प्रहरी निरिक्षक चौधरीले मायाको चिनो प्रदान गरे भने सामुदायिक प्रहरी केन्द्रकी उपाध्यक्ष दत्तकुमारी राईले कदरपत्र प्रदान गरेका थिए । उपस्थित सहभागिहरुले फुलमाला र अबीरले विदाई गरेका थिए ।

15824578_723382667830357_1497246870_o

उनीहरुले नयाँ आगन्तुक प्रहरी निरिक्षक चौधरीलाई स्वागत गर्दै सफल कार्यकालको कामना ब्यक्त गरे । विदाई मतब्य ब्यक्त गर्दै प्रहरी निरिक्षक सिलवालले बेल्टार आप्mनो कार्यकालभरी स्थानीय जनताको भरपुर सहयोग र माया पाएको बताए । बेल्टार क्षेत्रमा लागू औषध दुब्र्यसनको समस्या जटिल बन्दै गएकोले त्यसलाई रोक्न प्रहरी, नागरिक समाज र जनता एकजुट भएर लाग्नुपर्ने उनले औल्याएका थिए ।

नव आगन्तुक निरिक्षक चौधरीले प्रहरीको काम, कर्तब्य पालना गर्दै शान्ति, सुब्यवस्था कायम गर्न खटिने प्रतिबद्धता ब्यक्त गरे । उनले स्थानीयसंग सहयोगको आग्रह पनि गरेका छन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *