उदयपुर, १७ पुस । दरबन्दीको चिकित्सकसँगै गाइनोलोजिस्ट नहुँदा उदयपुरको जिल्ला अस्पतालमा रहेको प्रसूति सेवा प्रभावित भएको छ । ५० शैयाको अस्पतालमा व्यवस्थित प्रसूति गृह भए पनि चिकित्सक नहुँदा गत साउनदेखि सो सेवा ठप्प भएको हो ।
साउन यता प्रसूति सेवा पूर्ण रूपले सञ्चालन हुन सकेको स्थानीय औषधि पसल सञ्चालन विजय साह बताउछन् । सञ्चालक साहको अनुसार दरबन्दीअनुसार चिकित्सक नहुँदा अन्य सेवासमेत प्रभावित भएको छ । अस्पतालमा भिडियो एक्सरेलगायत अन्य उपकरण पनि सञ्चालन हुन छैन । बिरामी जाँच गर्ने चिकित्सकसँगै उपकरणसमेत नहुँदा महँगो मूल्य तिरेर निजी अस्पताल र किल्निकमा औषधि गर्न बाध्य भएको स्थानीयहरुको गुनासो रहेको छ । निजी अस्पतालले पनि विभिन्न बहानामा मटो रकम लिएर बाहिर रेफर गरिदिने गरेको उनको गुनासो छ ।
१३ चिकित्सक दरबन्दी रहेको अस्पतालमा अहिले ३ जनाले मात्र काम गरिरहेको छ । करारमा रहेकाहरूसमेत अवधि सकेर फर्केपछि अस्पताल लथालिंग हुँदै गएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ । उत्ता पटकपटक दरबन्दीअनुसारको डाक्टर नभएको जानकारी बिभागलाई गराएपनि अहिलेसम्म पदपूर्ति हुन सकेको स्वास्थ्य कार्यालय उदयपुरको सूचना अधिकृत दुनियालाल यादवले बताए । अधिकृत यादबको अनुसार गर्भवती महिलालाई लिएर प्रसूतिका लागि जिल्ला अस्पताल ल्याएपनि भित्र पस्न नपस्दै स्वास्थ्यकर्मीनभएको कारण बाहिर लान सुझाब दिईनेगरेको छ ।
जिल्ला अस्पतालमा प्रसूति गराउन सकिने सामान्य गर्भवती महिलालाई समेत धरान र विराटनगर रिफर गरिदै आएको छ । दरबन्दीअनुसारका चिकित्सक नहुँदा अस्पतालको सेवा प्रभावित भएको निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. विशालकुमार देवले बताए ।