कालिगढलाई मरणासन्न कुट्ने अहेब सहित चार पक्राउ

गजेन्द्र राई
उदयपुर, १८ पुस । मरणासन्न हुनेगरी कालिगढ कुटपिटमा स‍ंलग्न अहेब सहित विभिन्न व्यावसायीहरु उदयपुरमा पक्राउ परेको छ ।

काम छ भन्दै जबरजस्ती एकन्तमा लगेर बिना कारण कुटपिट गरेको आरोपमा उनिहरुलाई सोमवार प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा जिल्लाको त्रियुगा नगरपालिका–२ गाईघाट बस्दै आएका सन्तोष कुमार साह, अर्जुन कुमार ठाकुर, राजकुमार चौधरी, बिजय कुमार साह र श्याम साह रहेका छन् । उनीहरु जिल्लाको सदरमुकाम गाईघाटमा विभिन्न व्यवसाय गर्दै आएको छन् । सन्तोषकुमार महालक्ष्मी सुनचाँदी पसल, अर्जुनकुमार अनमोल ज्वेलर्स, राजकुमार अटो वर्क शप सञ्चालक हुन् भने राजकुमार गाईघाटकै मुख्य चोकमा ओशो होटल सञ्चालन गर्दै आएका छन् भने श्याम जिल्लाको पहाडी गाबिस साउनेको अहेव हुन् ।

उनिहरुले कालिगढ काम गरेर सदरमुकाम गाईघाट बस्दै आएका बिराटनगर उप–महानगरपालिका मोरङका वर्ष १८ को सन्जिव बि.क.र त्रियुगा–२ बस्ने वर्ष २४ को आकाश पटेललाई आईतवार मरणाशन्न हुनेगरी कुटपिट गरेका थिए । उनीहरुले सदरमुकामस्थित त्रियुगा उच्च माबि परिसरमा बिक र पटेललाई कुटपिट गरेको त्रियुगा उद्योग बाणिज्य संघ गाईघाटका प्रथम उपाध्यक्ष रमेश बिकले बताए । बिकको अनुसार पीडित बि.क र पटेलको शरीरको बिभिन्न भागमा गहिरो चोटपटक लागेको छ । आफुहरु अनाहकमा कुटिएको भन्दै पीडितले दिएको उजुरीको आधारमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उनीहरुलाई हाल अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालय उदयपुरमा राखिएको छ । उनीहरु बिगतमा पनि विभिन्न विवादमा मुछिदै आएक छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *