पाँच बर्षीय बालिका बलात्कार आरोपमा उदयपुरमा एक युवा पक्राउ

उदयपुर, १९ भदौ । पाँच बर्षीया बालिका बलात्कारको आरोपमा एक युवा उदयपुरमा पक्राउ परेकाछन् । पक्राउ पर्नेमा जिल्लाको त्रियुगा नगरपालिका–३ पश्चिमटोल चाँपका १८ बर्षीय धुर्व भनिने हेमबहादुर कार्की रहेकाछन् ।

उनलाई आईतबार साँझ प्रहरीले पक्राउ गरेको हो । आमा घर धन्दामा ब्यस्त रहेको मौका पारेर कोठामा टिभी हेर्दै गरेको बालिकालाई बलात्कार गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । प्रहरीको अनुसार पीडित पक्षको उजुरीको आधारमा उनलाई पक्राउ पछि हाल प्रहरी हिरासतमा राखि अनुसन्धान प्रकृया सुरु गरिएको छ ।

पीडितको आईतबार स्वास्थ्य परीक्षण गरिएको छ आफ्न्तले बताएकाछन् । आफन्तहरुको अनुसार आरोपित विगत २÷३ बर्षअघि देखि नै विभिन्न घटनामा मुछिदै आएका व्यक्ति हुन् । १२ कक्षामा अध्ययन गर्दै आएका कार्की कहिले पैसा चोरी त कहिले लागुऔषध सेवनकर्ताको आरोपमा पक्राउ पर्दै आएको स्थानीयको भनाई छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *