नगरबासीलाई निशुल्क जस्ता पाता दिइने

पाँचथर/ जिल्लाको एकमात्र नगरपालिका फिदिम नगरपालिकाले नगरबासीलाई निशूल्क हरियो जस्ता पाता वितरण गर्ने भएको छ । फिदिमलाई हरित नगरीको रुपमा विकास गर्न जस्ता दिन लागिएको मेयर ओनाहाङ नेम्बाङले बताए ।

खरको छानो भएको घरमा आगलागिको जोखिम बढी हुने भएकाले यसले आगलागिलाई न्यूनिकरण गर्न पनि सहयोग पुग्ने मेयर नेम्बाङको भनाइ छ । जस्ता खरिदका लागि चालु आर्थिक वर्ष २०७४/७५ मा दश लाख रुपैंयाँ बिनियोजन गरिएको नगरपालिकाका कार्यकारी अधिकृत गुरुदत्त सुवेदीले बताए ।

त्यस्तै नगर क्षेत्र भित्रको प्रत्येक घरमा कम्तिमा दुई वटा रुख रोप्नैपर्ने निर्णय भएको पनि निर्णय भएको कार्यकारी अधिकृत सुवेदीले बताए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *