गजेन्द्र राई
उदयपुर, ११ पुस । आर्थिक अभावको कारण भरपर्दो उपचार नपाउँदा छट्पटिदै आएको एक मृगौला पीडितलाई उदयपुरमा एक बिमा कम्पनीले आर्थिक सहयोग गरेको छ । सहयोग गर्ने कम्पनीमा जिल्लामा लामो समयदेखि काम गर्दै आएको नेशनल लाईफ इन्स्योरेन्स कम्पनी रहेको छ ।

कम्पनीले जिल्लाको त्रियुगा नगरपालिका– १ बोक्से स्थित नयाँबस्ति निवासी मृगौला पीडित बर्ष ४२ को तिर्थकुमारी मगरलाई सो सहयोग गरेको हो । पीडित मगरको उपचार्थ बिस हजार पाँच सय ५ रुपैयाँ कम्पनीले शुक्रवार सहयोग गरेको हो । सहयोग एक हस्तान्तर कार्यक्रमको बिच कम्पनीको शाखा प्रमुख प्रेमकुमार राईले बिरामीको बहिनी लिलामाया मगरलाई हस्तान्तरण गरेका थिए । उनीहरुले बिरामीको घरमा गएर उक्त आर्थिक सहयोग गरेको हो । कम्पनीको पहलमा आफुसंग आबद्ध कर्मचारी र अभिकर्ताहरुबाट उठाएको सहयोग रकम पीडित परिवारलाई बुझाएको शाखा प्रमुख राईले बताए ।
कम्पनीले बिगतमा पनि आर्थिक कम्जोर भएका पीडित बिरामीहरलाई यसरी सहयोग गर्दै आएको छ । बिरामी मगरको मृगौला प्रत्यारोपण आर्थिक अभाव भएको कारण आफन्तहरु बिभिन्न योजना बनाई आर्थिक अभियानमा लागिपरेको स्थानीय कृष्णकुमारी राईले बताए । घरको आर्थिक अवस्था अत्यान्तै कम्जोर भएको कारण यसरी अभियान चलाएको पनि उनले बताए ।
प्रत्यारोपणको क्रममा कम्तिमा २० लाख रुपैया लाग्न सक्ने उपचारमा संलग्न चिकित्सकहरुको भनाई रहेकाले उनीहरु यसरी जुटेका हुँन् । हाल बिरामीको उपचार मानब अंग प्रत्यारोपण भक्तपुरमा भइरहेको छ ।
Facebook Comments