सातौं राष्ट्रिय आर्चरी प्रतियोगिता सम्पन्न : ५ गोल्ड मेडलसहित काँस्कीको अग्रता, आर्मी दोस्रो

गजेन्द्र राई
उदयपुर, ११ पुस । उदयपुरको थारुहट रंगशाला, गाईघाटमा सन्चालन भएको सातौ राष्ट्रिय आर्चरी खेलमा काँस्कीले ५ गोल्ड मेडल, २ सिल्भर र ३ ब्रन्ज गरी १० पदकका साथ अग्रता हाँसिल गरेको छ । ३ गोल्ड, ४ सिल्भर र १ ब्रन्ज गरी ८ मेडलका साथ त्रिभुवन आर्मी क्लवले दोस्रो हाँसिल गरेको छ । १ गोल्ड, १ ब्रन्ज मेडलसहित स्वयम्भु आर्चरी क्लव तेस्रो स्थानमा रह्यो ।

आर्चरीको विभिन्न खेल अन्तर्गत रिकर्भ मेन टिमतर्फ काँस्की जिल्ला आर्चरी एशोसिएसनले गोल्ड मेडल चुमेको छ । हिमालयन आर्चरी क्लवले सिल्भर मेडल प्राप्त गरेको छ भने त्रिभुवन आर्मी क्लवले ब्रन्ज मेडल प्राप्त गरेको छ । रिकर्भ मिक्स टिमतर्फ विभागीय त्रिभुवन आर्मी क्लवका समीर थापा र कृष्णमाया सेन्ताङको जोडीले गोल्ड मेडल चुमेको छ भने आर्मीकै ज्ञानु अवाले र मुकेश तामाङको जोडीले सिल्भर मेडल र अन्नपूर्ण आर्चरी क्लवका दुर्गा पुर्जा र रस्मी दरलामीको जोडीले ब्रन्ज मेडल प्राप्त गरेको छ । त्यस्तै रिकर्भ मेन ओपनतर्फ आर्मीका मुकेश तामाङले गोल्ड मेडल चुमेका छन् भने हिमालयन आर्चरी क्लवका प्रेमप्रसाद पुनले सिल्भर मेडल तथा काँस्कीका रोसन थापाले ब्रन्ज मेडल प्राप्त गरेका छन् ।

archeryudayapur

रिकर्भ उमन ओपनतर्फ आर्मीकी ज्ञानु अवालेले गोल्ड मेडल चुम्न सफल भईन भने आर्मीकै कृष्णमाया सेन्ताङले सिल्भर मेडल तथा मकवानपुरकी सुनिता मोक्तानले ब्रन्ज मेडल प्राप्त गरिन् । त्यसैगरी स्टेण्डर्ड मेन टिमतर्फ स्वयम्भु आर्चरी क्लवले गोल्ड मेडल चुमेको छ भने अन्नपूर्ण आर्चरी क्लवले सिल्भर तथा काँस्की आर्चरी एशोसिएसनले बान्ज मेडल प्राप्त गरेको छ । स्टेण्डर्ड मिक्स टिमतर्फ काँस्कीका प्रेम थापा र रोजिना थापाको जोडीले गोल्ड मेडल हाँसिल गरेका छन् भने त्रिभुवन आर्मीका खुमबहादुर कुमाल र मित्र राईको जोडीले सिल्भर मेडल तथा अन्नपूर्ण आर्चरी क्लवका गीरबहादुर गुरुङ र अर्चना थापाले ब्रन्ज मेडल प्राप्त गरेका छन् । त्यसैगरी रिकर्भ स्टेण्डर्ड मेनतर्फ काँस्कीका प्रेम थापाले गोल्ड मेडल चुमेका छन् भने काँस्कीकै आकास थापाले सिल्भर मेडल तथा स्वयम्भु आर्चरी क्लवका वाङचु गुरुङले ब्रन्ज मेडल प्राप्त गरेका छन् ।

रिकर्भ स्टेण्डर्ड उमनतर्फ पनि काँस्कीकै रोजिना थापा गोल्ड मेडल चुम्न सपल भईन भने आर्मीकी पुजा थापाले सिल्भर तथा कन्चनपुरकी लक्ष्मी थापाले ब्रन्ज मेडल प्राप्त गरेकी छिन् । कम्पाउण्ड मेन इन्डिभिजुअल खेलतर्फ काँस्कीका राजेश रानाले स्वर्णपदक चुमेका छन् । काँस्कीकै जागृत गुरुङले सिल्भर मेडल तथा काँस्कीकै किशोर कुमार गुरुङले ब्रन्ज मेडल हाँसिल गरेका छन् । र्यांकिङ कम्पाउण्ड मेन इन्डिभिजुअल खेलमा काँस्कीका जागृत गुरुङले नयाँ रेकर्ड राखेका छन् । उनले ६८९ हाइस्कोरका साथ आर्चरी खेलमा नयाँ रेकर्ड कायम गरेका हुन् । उनले गत १२ औं साउथ एसियन गेममा ६५४ स्कोर गरेर रेकर्ड राखेका गरेका त्रिभुवन आर्मी क्लवका लक्ष्मण पुनको रेकर्ड तोडेर नयाँ रेकर्ड कायम गरेका हुन् ।

archery-udayapurnigranipost

समारोहकाबीच विजयी खेलाडीहरुलाई खेलकुद मन्त्रालयका महेश प्रसाद दाहाल, नेपाल आर्चरी एशोसिएसनका केन्द्रिय अध्यक्ष दिपकराज गुरुङ, बरिष्ठ उपाध्यक्ष बसन्त थकाली, महासचिव रमेश सिवाकोटी, टुर्नामेन्ट डाईरेक्टर योगेन्द्र सेरचन, ब्यवस्थापन समितिका अध्यक्ष किरण राई लगायतले पुरस्कार तथा मेडल वितरण गर्नुभयो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *