आर्चरी कम्पाउण्ड मेन इन्डिभिजुअलकाे स्वर्णपदक काँस्कीकाे पाेल्टामा

गजेन्द्र राई
उदयपुर, १० पुस । उदयपुरको थारुहट रंगशाला, गाईघाटमा सन्चालन भईरहेको सातौ राष्ट्रिय आर्चरी खेल प्रतियोगिताको कम्पाउण्ड मेन इन्डिभिजुअल खेलतर्फ काँस्कीका राजेश रानाले स्वर्णपदक चुमेका छन् । उनले १४२ स्कोर गर्दै स्वर्ण चुमेका हुन् ।

सो खेलमा काँस्कीकै जागृत गुरुङ १४१ दोस्रो भए । उनले सो खेलमा नयाँ रेकर्ड भने कायम गरेका छन् । उनले ६८९ स्कोरका साथ गत १२ औं साउथ एसियन गेममा ६५४ स्कोर गरेर रेकर्ड कायम गरेका त्रिभुवन आर्मी क्लवका लक्ष्मण पुनको रेकर्ड तोड्दै नयाँ रेकर्ड कायम गरेका हुन् । नयाँ रेकर्ड कायम गरेवापत उनी छुट्टै २५ हजार रुपैया पुरस्कारको भागिदार बनेका छन् । सो खेलमा १३४ स्कोरका साथ काँस्कीकै किशोर कुमार गुरुङ तेस्रो भए । प्रतियोगितामा भएका अन्य खेलहरु भने फाईनलमा प्रवेश गरेका छन् । रिकर्भ उमन स्टेण्डर्डतर्फ त्रिभुवन आर्मी क्लवकी पुजा थापा र काँस्कीकी रोजिना थापा फाईनलमा पुगेका छन् । सो खेलमा आर्मीकी मित्र राई र कन्चनपुरकी लक्ष्मी थापा तेस्रो स्थानको लागि प्रतिष्पर्धा गर्नेछन् ।

त्यस्तै रिकर्भ मेन स्टेण्डर्डतर्फ काँस्कीका प्रेम थापा र काँस्कीकै आकास थापा फाईनलमा पुगेका छन् । सो खेलमा तेस्रो स्थानका लागि स्वयम्भु आर्चरी क्लवका वाङचु गुरुङ र आर्मीका खुमबहादुर कुमालबीच प्रतिष्पर्धा हुनेछ । त्यसैगरी रिकर्भ मेन स्टेण्डर्ड टिमतर्फ अन्नपूर्ण र्आरी क्लव काँस्की र स्वयम्भु आर्चरी क्लव काठमाडौं फाईनलमा पुगेका छन् । सो खेलमा तेस्रो स्थानका लागि त्रिभुवन आर्मी र काँस्की आर्चरी एशोसिएशन भिड्नेछन् । उता रिकर्भ स्टेण्डर्ड मिक्स टिमतर्फ काँस्कीका प्रेम थापा र रोजिना थापाको जोडी र आर्मीका खुमबहादुर कुमाल र मित्र राईको जोडी फाईनमा पुगेका छन् । सो खेलमा तेस्रो स्थानका लागि काँस्कीका गीरबहादुर गुरुङ र अर्चना थापाको जोडी र कन्चनपुरका रोशन पुन र लक्ष्मी थापाको जोडी तेस्रो स्थानका लागि प्रतिष्पर्धा गर्नेछन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *