उदयपुर, २१ जेठ । स्थानिय निकायको दोस्रो चरणको निर्वाचन नजिकिंदै गर्दा उदयपुरको चौदण्डीगढी नगरपालिकाको पहिलो मेयरको ईतिहास कायम गर्न एमालेका मेयरका उमेदवार नरेन्द्र राउत (कमल)को चर्चा चुलिंदै गएको छ । नगरक्षेत्रमा राम्रो पकड भएका उम्मेदवारका रुपमा हेरिएको राउत अहिले चुनावी घरदैलो कार्यक्रमा व्यस्त रहेका छन् ।
नगरमा पहिलादेखि शिक्षाका लागि विद्यालय भवन, प्रसुति गृह, विद्यालयलाई कम्प्युटर हस्तान्तरण, विद्यालय छाना दिने लगायत सामाजिक काममा सकृय रहदै आएका थिए । पार्टीले मूल्याङ्कन गरेर राउतलाई मेयरको टिकट दिइएको हो । राउतका अनुसार नगरको सबै क्षेत्रमा विकासको पहुँच पुर्याउन मेयरमा उम्मेदवारी दिएको बताए । राउतले भने– ‘नगरको आर्थिक, सामाजिक तथा प्रशासनिक सुधारका लागि उम्मेदवारी दिएको हुँ ।’त्यसैगरी ऐतिहासिक चौदण्डीगढीको प्रवद्धृन गरी नगरपालिकालाई विश्वसामु पुराउन पर्यटनको पनि विकासमा जोड दिएको उनको भनाई रहेको छ ।
जिल्लामा रहेका अन्य ३ नगरपालिकामध्ये चौदण्डीगढीलाई नमुना नगर बनाउन विज्ञहरुको समेत सुझाव र सहयोगमा काम गरेर देखाउनका लागि पनि मेयरको उम्मेदवारी दिएको राउत बताउँछन् । त्यसैगरी नगरमा रहेका विभिन्न जातजाति भाषाभाषिहरुको संरक्षण साँस्कृतिक विकासलाई समेत पहिलो प्राथमितकमा राखेर नगरलाई समृद्ध र समुन्नत बनाउने आफ्नो योजना रहेको बताए ।
नगरमा राउतको प्रतिष्पर्धि दल नेपाली काँग्रेसबाट निर्मलकाजी राई राई रहेका छन भने माओवादी केन्द्रले अझै उम्मेदवारी टुङ्गो लगाएको छैन् । त्यसै गरी अन्य साना दलहरुले पनि नगरमा चुनामा प्रतिष्पर्धाका लागि उम्मेदवारी दिने भएका छन् । नगरको मतदाताहरुको विश्लेषणमा राउतको विजय हासिल गर्ने सम्भावना बढी रहेको एमालेका युवा नेता विपिन आचार्यले बताए ।
८ स्थानिय तहमा ४ गाउँपालिका र ४ नगरपालिका रहेको उदयपुरको मध्यक्षेत्रमा रहेको र ऐतिहासिक चौदण्डीगढीको नामबाट नाम राखिएको चौदण्डीगढी नगरपालिकामा ३० हजार दुई सय ४८ मतदाता रहेका छन् । निर्वाचनको मिति पटक पटक सरेपनि त्यहाँका मतदानमा सहभागी हुन उत्साहित भएका छन् । गाउँ टोल र नगर भरि नै अहिले स्थानिय तहको निर्वाचनमा कसलाई जिताउने भन्ने विषयमा छलफल भैरहेको छ ।