माओवादी केन्द्रले त्रियुगा र चौदण्डीगढी नगर प्रमुख र उपप्रमुखको टुङ्गो लगायो

उदयपुर, २१ जेठ ।  नेकपा माओावदी केन्द्र उदयपुरले लामो कसरतका बावजुत दुई नगरपालिकाको मेयर र उपमेयरको टुङ्गो लगाएको छ । असार १४ गते हुने स्थानीय तहको निर्वाचनका लागि विवादित बनेका त्रियुगा नगरपालिका र चौदण्डीगढी नगरपालिकाको मेयर र उपमेयरको नाम टुङ्गो लगाएको छ भने दुई गाउँपालिकाको उपाध्यक्षको नाम अझै टुङ्ग्याउन सकेको छैन् ।

त्रियुगा नगरपालिकाको मेयरमा किरण राई र उपमेयरमा गीता खड्का (अजिता) रहेका छन् भने चौदण्डीगढी नगरपालिकाको मेयरमा कुमार खड्का र उपमेयरमा मायादेवी राईलाई उठाउने निधो गरिएको माओवादी केन्द्र उदयपुरले जनाएको छ । यस अघि बेलका नगरपालिकाको मेयरमा रमन भट्टराई र उपमेयरमा गंगासरी राई सर्वसम्मत उम्मेदवारी बनेका छन भने कटारी नगरपालिकामा मेयरमा केपी बराल र उपमेयरमा मीना कोइराला उम्मेदवार बनेर भोट मागिरहेका छन् ।

यस्तै विवादित बनेका रौतामाई गाउँपालिका र ताप्ली गाउँपालिकाको उपाध्यक्षको उम्मेदवार अझै घोषणा गर्न बाँकी रहेको छ । यस अघि रौतामाईमा अध्यक्ष वीरेन्द्र मगर र ताप्ली गाँउपालिकामा अध्यक्ष ढुङगराज बिक उम्मेदवार बनेका छन् । ‘रौतामाई गाँउपालिकामा पार्टीको निर्णयविपरीत उपाध्यक्षको उम्मेदवारको लागि सेतीमाय आलेको नाम बजारमा आएको छ । त्यो नाम बदल्नुपर्ने प्रदेश पार्टीले जानकारी दिएको छ र ताप्ली गाँउपालिकामा पनि त्यस्तै छ । स्रोतको अनुसार सो नामहरु दुई तीन दिनमा टुङ्गो लाग्ने छ ।

यसैगरी, सुनकोसीमा मेजर राई अध्यक्ष तथा उपाध्यक्ष सुना राई, उदयपुरगढी गाँउपालिकामा देव गिरी अध्यक्ष तथा उपाध्यक्ष निर्मला मगर उम्मेदवार बनेका छन् । माओवादी केन्द्रका अनुसार ८ स्थानीय तहको अधिकांश वडाको वडा अध्यक्ष तथा सदस्यहरुको उम्मेदवारसमेत टुङगिएको छ । यता नेपाली कांग्रेस र नेकपा एमालेले ८ वटै स्थानीय तहमा उम्मेदवार घोषणा गरिसकेका छन् । उदयपुरमा कुनै पनि राजनीतिक दलले तामझामका साथ उम्मेदवार घोषणा नगरे पनि घरदैलो भने गरिरहेका छन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *