टिकट विवादका कारण उदयपुरमा ओली समूहद्वारा पार्टी कार्यालय आगजनी, कालो झण्डा र तालाबन्दी

उदयपुर, २३ जेठ ।  उमेदवारको बिषयलाई लिएर नेकपा एमाले चौदण्डी नगरपालिका भित्र चरम विवादमा सृजना भएको छ ।
नगर कमिटीले सिफारिस गरेकोभन्दा फरक व्यक्तिलाई प्रदेश कमिटीले मेयरको उमेदवार बनाएको भन्दै आक्रोशित कार्याकर्ताले जेठ २३ गते एमाले नगर कमिटीको पार्टी कार्यालय तोडफोड गर्नुकासाथै पार्टी कार्यालयमा कालोझण्डा राखेकाछन् । amale-q कार्यकर्ताहरुले चौदण्डी नगर कमिटीको कार्यालय बेल्टार ६ मा तालाबन्दी गर्नुकासाथै पार्टी कार्यालय भित्र रहेको दुई थान कुर्सी जलाई कालोझण्डा गाडेकाछन् । तालाबन्दी पछि कार्यकर्ताहरुले बेल्टार बजारमा प्रर्दशन गरेकाछन् । आम कार्यकर्ताको भावना विपरित प्रदेश कमिटीले निर्णय गरेको भन्दै आक्रोशित कार्यकर्ताले निर्णय नसच्याएसम्म तालाबन्दी जारी रहने र उमेदवारलाई पनि नगर क्षेत्रमा प्रवेश गर्न नदिने अडान राखेकाछन् । हुलहुज्जतकासाथ पार्टी कार्यालयमा पुगेका आक्रोशित कार्यकर्ताले कार्यालय तोडफोड गरी कुर्सी वाहिर ल्याएर जलाएको स्थानीयहरु बताउछन् । कुर्सी जलाउन थालेपछि भिड नियन्त्रणका लागि इलाका प्रहरी कार्यालय बेल्टारका प्रहरी निरीक्षक आशाराम चौधरीको नेतृत्वमा प्रहरी टोली पुगेको थियो । इन्सपेक्टर चौधरीले पार्टी भित्रको आन्तरिक विवादका बिषयलाई लिएर कालोझण्डा राख्ने र तालाबन्दी लगाउने काम भएको बताए । तालाबन्दी पछि कार्यकर्ताहरुले बेल्टार बजारमा प्रर्दशन गरेकाछन् । सिफारिसभन्दा वाहेकका उमेदवार मान्दैनौ, स्थानीय नेतालाई टिकट देऊ लगायतका माग राख्दै नाराजुलुससहित बजार परिक्रमा गरेका कार्यकर्ताको जुलुस पुष्पलाल चौकमा पुगि कोणसभामा परिणत भएको थियो । amaleकोणसभालाई स्थानीय नेताले सम्बोधन गरेकाथिए । पार्टीको केन्द्रीय सर्कुल वमोजिम नगर कमिटीले कुमारसिंह कार्की, राजेन्द्र कटुवाल, शम्भु पौडे्ल र कालु लामालाई सिफारिस गरेको थियो । सिफारिसमा परेका जो उम्मेदवार भएपनि एक अर्काले सघाउने भन्ने उनीहरु विच समझदारी बनेको थियो । चार जनामा जसलाई टिकट दिएपनि विवाद सृजना हुने र अन्तरघात हुने सम्भावना बढेको भन्दै १ नम्बर प्रदेश कमिटीले पार्टीका जिल्ला कमिटी सदस्य नरेन्द्र राउतलाई टिकट दिएपछि विवाद सृजना भएको हो । प्रदेश कमिटीको उक्त निर्णयसँगै स्थानीय कार्यकर्ताले सिफारिसमा परेका चार जनालाई घेरा हाली चार मध्ये १ जना सर्वसहमत नभएसम्म पार्टी कार्यालयबाट निस्कन नदिने भन्दै दुई घण्टासम्म पार्टी कार्यालय भित्रै थुनेका थिए । amale-sकार्यकर्ताको तिव्र विरोधका बाबजुद उनीहरुले प्रदेशको उक्त निर्णय नमान्ने र सामाजिक व्यक्तित्व पुर्व क्षेत्रीय कमिटी अध्यक्ष एवंम बुद्धीजीवि परिषद उदयपुरका अध्यक्ष कुमारसिंह कार्कीलाई सर्वसहमत उमेदवार बनाउने निर्णय गरेको जिल्ला कमिटी सचिवालय सदस्य तथा मेयरका आकांक्षी कालु लामाले बताए ।
आफ्नै कार्यकर्ता पार्टी कार्यालय तोडफोडमा उत्रिएपछि पार्टी शुभेच्छुक तथा मतदाताहरु अन्यौलमा देखिएकाछन् । एमाले आन्तरिक विवादमा फसेको भन्दै विपक्षी पार्टी भने उत्साहित देखिएका छन् । एमाले भित्र विवाद चुलिदै जाँदा मतदाता आफ्नो पंक्षमा पार्ने योजनाकासाथ विपक्षी पार्टी लागेको देखिन्छन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *