उदयपुरे कवि आरोहीलाई अन्तराष्ट्रिय कविता अवार्ड


उदयपुर । अन्तराष्ट्रिय नेपाली साहित्य समाजले आयोजना गरेको विश्वब्यापी कविता प्रतियोगितामा उदयपुरका कवि जीवन आरोही प्रथम भएका छन् । बिजेता बनेसगै उनले पाँच सय डलर अर्थात नेपाली रूपैया झन्डै एक लाख बराबर को पुरस्कार राशी जितेका छन् ।

हिजो साँझ आयोजित विश्वब्यापी कविता प्रतियोगितामा विश्वभरका नेपाली भाषी दुई सय ७४ कविताहरू मध्येबाट वाचनका लागि उत्कृष्ट ३१ जना छानिएका थिए । ती मध्येबाट वाचन सहितको अङ्क जोडेर बिजेता घोषणा गरिएको थियो ।

त्यस्तै गरि ईन्दु भट्टराई(झापा) द्वितिय र हिरा भट्ट(बैतडी) , ईश्वरी प्रसाद रिजाल(बाँके), प्रताप चौलागाई(काभ्रेपलान्चोक) तीन जना तृतिय भएका छन् । उनीहरूले क्रमश द्वितियले तिन सय र तृतियले जनही दुई सय डलर प्राप्त गरेका छन् ।

अमेरिकाको टेक्सासमा जुम एपबाट कविता वाचनको कार्यक्रम राखिएको थियो । कवि आरोही यस निगरानी पोष्ट डटकम अनलाइन पत्रिकाको सम्पादक समेत हुन् ।

Facebook Comments Box