



उदयपुर । उदयपुरमा सशस्त्र प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित लागूऔषध गाँजा बरामद गरेको छ । गाँजा ७ हजार ८ सय २६ किलो आठ सय ग्राम बरामद गरिएको सशस्त्र प्रहरी बल नं. ५ गण हेटक्वाटर उदयपुरका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक (एसपी) श्याममणी ढकालले बनाए ।
एसपी ढकालका अनुसार जिल्लाको बेलका नगरपालिका–८ दिवाजोरस्थित मैनामैनी–कोशी पुल आवतजावत गर्ने भित्रि सडकखण्डबाट आईबार साँझ सो गाँजा बरामद गरिएको हो । एपीएफ इन्टेलिजेन्स ब्यूरोको विशेष सूचनाका आधारमा खटिएको टोलीले प्रदेश नं. १–०२–००२ ख ०२०६ नम्बरको ट्रक जाँच गर्ने क्रममा उक्त गाँजा बरामद गरेको प्रहरीले जनाएको ।
प्रहरीको अनुसार एपीएफ इन्टेलिजेन्स ब्यूरोका सशस्त्र प्रहरी उपरीक्षक (इन्स्पेक्टर) विक्रम होमागाईंको नेतृत्वमा ब्यूरो तथा सशस्त्र प्रहरी बल नेपाल नं. ४ गण हेडक्वार्टर सुनसरी र नं. ५ गण हेडक्वार्टर उदयपुरबाट खटिएको संयुक्त टोलीले ट्रकमा जाँच गरेको थियो । अहिले बरामद गाँजा र ट्रकलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि नेपाल प्रहरी (इलाका प्रहरी कार्यालय रामपुरठोक्सिला)मा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरीले लागुऔषधविरुद्ध उदयपुरमा विशेष अभियान सञ्चालन गरेपछि विभिन्न स्थानबाट ठूलो परिमाणमा लागुऔषध नियन्त्रणमा लिँदै आएको जनाएको छ । उनिहरुले लागुऔषध नियन्त्रण सम्बन्धी बिभिन्न जनचेतनामूलक कार्यक्रमहरु समेत सञ्चालन गर्दै आएको छ ।