



गाईघाट । उदयपुरको सदरमुकामस्थित त्रियुगा नगरपालिका–११ ज्योतिटोलमा मंगलबार साँझ करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ । उनको पूजा गर्ने तयारीको क्रममा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएका छन् ।
मृत्यु हुनेमा त्रियुगा नगरपालिका त्रियुगा नगरपालिका वडा नम्बर ११ (पुरानो ११ नं वडा कार्यालय)स्थित ६५ वर्षीय बद्रीनारायण चौधरी रहेको छ । उनी पूजा गर्ने तयारीका क्रममा विद्युत्को लाइन जोड्दै गर्दा अचानक करेन्ट लागेर घाइते भएका थिए ।
करेन्ट लागेर गम्भीर घाइते भएका चौधरीलाई उपचारका लागि अस्पताल पुर्याइएको थियो । अस्पताल पुर्याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका प्रहरीले जनाएको छ ।
चौधरीको शव हाल जिल्ला अस्पताल उदयपुरमा राखिएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ भने घटनास्थलको मुचुल्का उठाउनेलगायतको कानुनी प्रक्रिया अघि बढाइएको जनाएको छ ।