



काठमाडौँ । जनआस्था साप्ताहिकका सम्पादक तथा पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । श्रेष्ठलाई बुधबार ललितपुरको बागडोल क्षेत्रबाट पक्राउ गरिएको हो ।
श्रेष्ठविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौँमा वैयक्तिक गोपनीयता ऐनसम्बन्धी कसुरमा जाहेरी परेको प्रहरी जनाएको छ । सोही जाहेरीका आधारमा उनलाई नियन्त्रणमा लिइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले पुष्टि गरेका छन् ।
प्रहरीका अनुसार जाहेरीमा उल्लेखित विषयमा अनुसन्धानका लागि श्रेष्ठलाई पक्राउ गरिएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Facebook Comments Box