गजेन्द्र राई
उदयपुर, १२ जेठ । टिकट बितरणलाई लिएर नेकपा एमाले उदयपुरको बिवाद चुलिदै गएको छ । जिल्लामा रहेको नगरपालिकाको मेयर, उप–मेयर र गाउँपालिकाको अध्यक्ष, उपाध्यक्षको टिकट नेता अनुकुल बाढिको भन्दै बिवाद चुलिएको हो । केहि दिन देखि सुनसरीको ईटहरीमा जारि पार्टीको एक नम्बर प्रदेश बैठकबाट दोस्रो ब्यक्तिहरुको नाम प्रस्ताबमा आएपछि बिवाद चुलिएको बैठकमा सहभागी नेताहरु बताउँछन् । उनीहरुको अनुसार ठूलो आर्थिक चलखेलबाट दोस्रो ब्यक्तिको नाम आएको हो । बैठकमा प्रस्ताब भएका नामहरु जिल्लाको कुनै पनि तहबाट सिफारिस नभएको नामहरु हुन् ।
बिषेशगरि केन्दीय सदस्य समेत रहेका जिल्ला ईन्चार्ज बलदेब चौधरी र पार्टी अध्यक्ष ईश्वरमणी राउतको अनुकूलतामा सो नामहरु प्रस्ताब हुदै आएको स्रोत जनायो । चौधरी र राउत पार्टीको बरिष्ठ नेता माधब कुमार नेपाल प्यानलका हुन् । अहिले जिल्लामा नेपाल र पार्टी अध्यक्ष केपी शर्मा ओली प्यानल बीच अस्तित्वको लडाई जस्तो देखिदै आएको छ । यस कारण आसन्न स्थानीय निर्वाचनमा अन्तरघात हुने सम्भावना प्रस्ट देखिएको पार्टी नेताहरु बताउछन् । अहिले त्रियुगा नगरपालिका मेयर र उप–मेयर उमेद्वारमा बलदेब चौधरी र गिता रेग्मी, कटारी नगरपालिकामा ज्ञानेन्द्र श्रेष्ठ र भिम कुमारी राउत, चौदण्डीगढी नगरपालिकामा नरेन्द्र राउत र कान्ता राई र बेलुका नगरपालिकामा दुर्गा थापा र राजकुमारी चौधरीको नाम प्रस्ताबमा रहेका छन् । उता गाउँपालिका अध्यक्ष र उपाध्यक्ष पदमा पनि बिवादीत नामहरुनै आएका छन् ।
टिकट बितरणलाई लिएर नेकपा एमाले उदयपुरमा बिवाद चुलियो
Facebook Comments