भरपर्दो उपचार नदिएपछि डाक्टर कुटिए

उदयपुर, १३ जेठ । सेवाग्राहीलाई भरपर्दो उपचार नदिएको भन्दै उदयपुरमा डाक्टर कुटिएको खुलासा भएको छ । जिल्लाको सदरमुकाम गाईघाट स्थित त्रियुगा अस्पतालका डाक्टर रहेको छ । उनलाई आफ्नै कार्यकक्षामा गत ७ गते कुटिएको खुलासा भएको हो । कुटाई खानेमा डीएल भनिने डाक्टर धनिकलाल यादब रहेका छन् । उनलाई स्थानीय राजेश कार्कीले कुटेको प्रत्येक्ष दर्शिहरु बताउँछन् । अाफ्नाे बिरामीलाई वास्ता नगर्ने र भरपर्दो उपचार नदिने गरेपछि अाफुले झापट हानेको कार्कीले स्वीकार गरेकाे छ । उनको अनुसार डाक्टरले अनेन्त्र समेत रेफर गर्न मानेका थिएन् । तर डाक्टर डीएलले भने अचानक अनावश्यक गालिगलाेच गर्दै अाफुलाई कुटपिट गरेको बताए । उनले आफुलाई कार्कीले किन हातपात गरेको हो ? भन्ने समेत थहाँ नभएको बताए । सो बिवाद जिल्ला प्रहरी कार्यालय उदयपुरसम्म आईपुगेको थिए । बिवादलाई लिएर शुक्रवार दुई पक्ष बिच प्रहरी कार्यालयमा छलफल भएको थियो । छलफलमा बिवाद नदोहो¥याउनेगरि एक आपसमा सहमति भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । कार्की स्थानीय काठ व्यवसायी हुन् । भने डाक्टर यादव लामो समयदेखि विवादित ब्यक्ति हुन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *