



उदयपुर । उदयपुरको कटारी नगरपालिका–२ गरास गैरीटोलका ९ वर्षीय बालक नुहाउने क्रममा खोलाले बगाउँदा बेपत्ता भएका छन् । बुधबार दिउँसो करिब १ बजे घर नजिकै रहेको नाराङ्गे र कमला खोलाको दोभानमा नुहाउने क्रममा गणेश तामाङलाई खोलाले बगाएको हो ।
बालक बेपत्ता भएपछि घटनास्थलमा स्थानीयवासी र प्रहरी परिचालन गरी खोजी कार्य सुरु गरिएको छ । सम्भावित क्षेत्रमा खोजी जारी रहे पनि समाचार तयार पार्दासम्म बालकको अवस्था पत्ता लाग्न नसकेको जनाइएको छ ।
कटारी नगरपालिका–२ का वडा अध्यक्ष प्रेम थापाका अनुसार बालकको खोजीका लागि स्थानीयवासी सक्रिय रूपमा जुटेका छन् । इलाका प्रहरी कार्यालय कटारीका डीएसपी उपेन्द्र खरेलले प्रहरी र स्थानीयवासीको संयुक्त टोलीले बेपत्ता बालकको खोजी गरिरहेको जानकारी दिए ।
Facebook Comments Box