२५ वर्षपछि कांग्रेसबाट अलगिए युवा नेता सुमन चौधरी


गाईघाट । नेपाली कांग्रेस उदयपुरका युवा नेता सुमन चौधरीले पार्टी परित्याग गरेका छन् । सोमबार सामाजिक सञ्जालमार्फत जिल्ला सभापतिलाई सम्बोधन गर्दै उनले असार १५ गतेदेखि लागू हुने गरी पार्टीको साधारण सदस्यसहित सबै जिम्मेवारीबाट अलग हुने निर्णय गरेको जानकारी दिएका हुन् ।

करिब २५ वर्षदेखि नेपाली कांग्रेसमा विभिन्न तहमा रहेर काम गरेका चौधरीले व्यक्तिगत कारणले पार्टी छोडेको बताएका छन् । उनले पार्टी परित्यागको थप कारण भने खुलाएका छैनन् ।

राजनीतिक वृत्तमा उनी निकट भविष्यमा हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश गर्न सक्ने चर्चा भए पनि त्यसबारे चौधरीले कुनै प्रतिक्रिया दिएका छैनन् । तर, उनले पार्टी छोड्नुको कारण व्यक्तिगत कारण भएको उल्लेख गरेका छन् ।

Facebook Comments Box