प्रतिबन्धित लागूऔषधसहित दुई युवक पक्राउ, ९८० क्याप्सुल बरामद


उदयपुर । उदयपुर प्रहरीले प्रतिबन्धित लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार असार १४ गते प्रहरी चौकी लालपत्ता बाट खटिएको चेकिङ टोलीले त्रियुगा नगरपालिका–६ लालपत्ता क्षेत्रमा सवारीसाधन जाँच गर्ने क्रममा लहानबाट गाईघाटतर्फ आउँदै गरेको स २ प ७८७९ नम्बरको मोटरसाइकल रोकेको थियो ।

चेकजाँचका क्रममा मोटरसाइकल चालक त्रियुगा नगरपालिका–५ निवासी २१ वर्षीय दीपक राज पोखरेल र पछाडि सवार २५ वर्षीय पुरन मगर को साथबाट प्रतिबन्धित लागूऔषध ओपिडोल ४९० क्याप्सुल र स्पास्पेन ४९० क्याप्सुल गरी जम्मा ९८० क्याप्सुल बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले दुवै जनालाई लागूऔषध तथा मोटरसाइकलसहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय उदयपुर को हिरासतमा राखेको छ । घटनाका सम्बन्धमा पक्राउ परेका दुवैविरुद्ध लागूऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Facebook Comments Box