



उदयपुर । उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिका–७, बेल्टार बजारमा मंगलबार राति करिब २:४५ बजेदेखि सुरु भएको भीषण आगलागीमा परी दुई जनाको ज्यान गएको छ । आगलागीका कारण दुई वटा घर पूर्ण रूपमा जलेर नष्ट भएका छन् ।
आगलागीमा परेर स्थानीय लक्ष्मी खड्का र पवन खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ । रातिको समयमा अचानक आगो लागेको कारण नियन्त्रणमा लिन कठिन भएको स्थानीयले बताएका छन् ।
घटनापछि स्थानीयवासी र सुरक्षाकर्मीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । आगलागीको कारण हालसम्म खुल्न सकेको छैन भने क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।
Facebook Comments Box