स्थानीय प्रशासनबाट सुनसरीका मतदान केन्द्रको निरीक्षण

सुनसरी, १० जेठ ।  दोस्रो चरणमा हुने स्थानीय तहको चुनावका लागि सुनसरीमा निर्वाचन केन्द्रीत सुरक्षालाई मध्यनजर गर्दै स्थानीय प्रशासनले मतदान केन्द्र निरीक्षण थालेको छ । निर्वाचन हुने स्थान तथा केन्द्रहरुमा शान्ति सुरक्षाका लागि अपनाइनुपर्ने सुरक्षा रणनीतिलाई मध्यनजर गर्दै प्रशासनको नेतृत्वमा मतदान केन्द्रको निरिक्षण गरिएको हो ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुली, मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीश अर्जुन कोइराला, नेपाल प्रहरीका उपरिक्षक पोषराज पोखरेल लगायतका सुरक्षा निकायका प्रमुखहरु सहभागी रहेको टोलीले मंगलवार इटहरी क्षेत्रमा रहेका मतदान केन्द्रहरुको स्थलगत अनुगमन गरेको हो । अनुगमनका क्रममा टोलीले मतदात केन्द्र निर्धारण गरिएका सरकारी विद्यालयहरुको पूर्वाधारका साथै सम्भावित सुरक्षा सर्तकताका बारेमा समेत जानकारी लिएको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीले जिल्लामा २ स्थानीय तह थप भएबमोजिम सुरक्षा व्यवस्था मिलाउने काम भैरहेको बताए । सुनसरीमा ४ लाख २१ हजार मतदाता संख्या रहेको जानकारी दिदै निर्वाचनको दिन कुनै पनि घटना हुन नदिन र मतदातालाई असर नपर्ने वातावरण मिलाउन अनुगमनमा निस्किएको पराजुलीले बताए ।
मतदान स्थलको अनुगमन गर्ने क्रममा जिल्लामा रहेका २ उपमहानगरपालिका ४ नगरपालिका र ८ गाउँपालिकामध्ये अधिकांश मतदान हुनेस्थान र केन्द्रहरुको अनुगमन सकिएको छ । निरिक्षणमा रहेका सुनसरीका प्रमुख निर्वाचन अधिकृत अर्जुनकुमार कोइरालाले सुरक्षा व्यवस्था राम्रो मिलाइएको भन्दै मतदाताहरुलाई निर्धक्क भएर मतदान गर्न आउन आग्रह गरेका छन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *