



चौदण्डीगढी । बेल्टारबाट फत्तेपुरतर्फ जाँदै गरेको प्र.३–०१–०२२ च २३१३ नम्बरको कार बाढीले बगाएको छ । चौदण्डीगढी नगरपालिका–४ मेजर चौतारास्थित सुखा सुन्दरी खोलाको कजुवा पार गर्ने क्रममा कारलाई बाढीले बगाएको प्रहरीले जनाएको छ ।
प्रहरीलका अनुसार कारलाई सडकबाट करिब ५० मिटर पश्चिमतर्फ बगाएको थियो । मोरङ कटहरी–९ का ३५ वर्षीय चालक जिवन कार्कीसहित सवार ६ जना सकुशल रहेका छन् ।
घटनापछि प्रहरी चौकी बसाहाको प्रहरी टोलीले उद्धार गरेको स्थानीयहरुको बनाई छ । उनिहरुका अनुसार आईतबार बिहान ६ः३० बजे कारलाई सुरक्षित स्थानमा निकालिएको थियो ।
Facebook Comments