



चौदण्डीगढी । उदयपुरको चौदण्डीगढी नगरपालिका–६ सुगारेका ९३ वर्षीय अन्त नारायण श्रेष्ठको डिजल सेवनबाट मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले जनाएअनुसार मंगलबार साँझ करिब ७:३० बजे श्रेष्ठले अन्जानमा आफ्नो घरमा बोतलमा राखिएको डिजल सेवन गरेका थिए ।
डिजल सेवनपछि गम्भीर घाइते भएको उनलाई प्रारम्भिक उपचारका लागि नगर अस्पताल चौदण्डीगढी लगिएको थियो । स्वास्थ्य अवस्था जटिल बनेपछि उनलाई थप उपचारका लागि विराटनगरस्थित विराट टिचिङ अस्पतालमा लगिएको थियो । उपचारको क्रममा उनको बुधबार बिहान करिब ६:३० बजे अस्पतालका चिकित्सकले मृत घोषणा गरेका हुन् ।
अहिले उनको शब पोष्टमार्टमपछि आफन्तले जिम्मा लिएका छनभने घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
Facebook Comments