उदयपुरगढीमा आलु उत्पादन उत्साहजनक, सामूहिक खेतीले ल्यायो सफलता (फोटो फिचर सहित)

उदयपुरगढी । उदयपुरको उदयपुरगढी गाउँपालिका वडा नम्बर ३ मा सञ्चालित आलु पकेट कार्यक्रम अन्तर्गत सामूहिक रूपमा खेती गरिएको आलुको उत्पादन उत्साहजनक भएको छ । माथिल्लो साइपाको पवित्र कृषक समूहले सञ्चालन गरेको सो कार्यक्रममा गत मंसीर १४ देखि २३ गतेसम्म आलु रोपिएको थियो ।

हाल आलु खन्ने कार्य तीव्र भइरहेको छभने आलु उत्पादनप्रति किसानहरू निकै खुसी देखिएकाे नगर कृषि अधिकृत पारशमणी फुयालले बताए । अधिकृत फुयालका अनुसार उत्पादित आलुहरू खरिदको लागि गाउँमै व्यापारीहरु पुग्ने गरेका छभने बिक्री हुन बाकी आलुहरु क्रेटमा राखी सङ्कलन केन्द्रमा राखिदै आएको छ ।

कृषि विकास शाखा उदयपुरगढीको प्राविधिक सहयोगमा सञ्चालन गरिएको यो पकेट कार्यक्रमले स्थानीय कृषक भिमा घले मगरका अनुसार आलु खेतीले कृषकहरुलाई प्रोत्साहन थपेको बताईन् । उनका अनुसार आलु खेतिले स्थानीय स्तरमा रोजगारी, आत्मनिर्भरता र आयआर्जनमा ठूलो टेवा पुगेको छ । कृषि समूहले आगामी वर्षहरूमा थप उत्पादनको लागि क्षेत्र विस्तार गर्दै अझ व्यवसायी र उदाहरणीय बन्ने योजना बनाउदै आएका छन् ।

Facebook Comments