उदयपुरको त्रियुगा मेयर र उपमेयरको इन्धन खर्चमा अत्यधिक वृद्धि, जवाफदेहिता र पारदर्शितामा सुन्य


गजेन्द्र राई
उदयपुरको त्रियुगा नगरपालिकामा आर्थिक वर्ष २०८०/८१ मा मेयर र उपमेयरको इन्धन खर्च उल्लेख्य रूपमा बढेको पाइएको छ । महालेखा परीक्षण प्रतिवेदन अनुसार मेयरले पाउने सीमा ८ सय ४० लिटर भएपनि ८ हजार ७ सय ३८ लिटर लेखिएको छ । प्रतिवेदन अनुसार ७ हजार ८ सय ९८ लिटर इन्धन बढी प्रयोग गरिएको छ ।प्रतिवेदनकै अनुसार १३ लाख ४२ हजुर ६ सय ६० रुपैया बढी मुल्य बराबरको देखिन्छ । त्यसैगरी प्रतिवेदनमा उपमेयरका लागि ७ सय २० लिटर इन्धनको सीमा तोकिएपनि ५ हजार ८ सय ६५ लिटर लेखिएको छ । प्रतिवेदन अनुसार ५ हजार १ सय ४५ लिटर इन्धन बढी प्रयोग गरिएको छ । प्रतिवेदनकै अनुसार ८ लाख ७४ हजार ६ सय ५० रुपैया बढी मुल्य बराबरको देखिन्छ ।

प्रतिवेदनको आधारमा मेयर र उपमेयरको रकम जोड्दा जम्मा २२ लाख १७ हजुर २ सय १० रुपैयाँ देखिन्छ । जहा मेयर बसन्त बस्नेत र उपमेयर महेश्वरी राई रहेका छन् । यो इन्धन खर्चको विवरण सरसर्ति हेर्दा त्रियुगा नगरपालिका र त्यसको प्रमुख/उपप्रमुखलाई जवाफदेहिता र पारदर्शिताको प्रश्न उठ्न थालेको छ । महालेखा परीक्षण प्रतिवेदनले देखाएको यो बेथिति प्रति आमजनताहरु जागरुक हुन जरुरी देखिन्छ ।

भिडियोः

Facebook Comments