



बेलका । उदयपुरको बेलका नगरपालिका–५ मा करेन्ट लागेर एक किशोरीको मृत्यु गएको छ । मृत्यु हुनेमा १७ वर्षीया छोरी दुर्गा कार्की रहेकी छिन् । उनि शुक्रबार बिहान आफ्नै घर छेउमा रहेको कुखुराको फर्ममा काम गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी थिइन् ।
करेन्ट लागेपछि उनलाई तत्काल उद्धार गरी उपचारको लागि बेलका नगर अस्पताल पुर्याइएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएका छन् । कार्यालयले जनाएअनुसार उनलाई अस्पताल पुर्याए लगत्तैले मृत घोषणा गरेको थियो ।
अहिले आवश्यक कानूनी प्रक्रिया पूरा गरी मृतकको शव पोष्टमार्टमको लागि नगर अस्पताल बेल्टार पठाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाइएको छ ।
भिडियोः
Facebook Comments