कटारीमा जंगली भालुको आक्रमणबाट एक महिला घाइते

कटारी । उदयपुरको कटारी नगरपालिका–२, गराँसस्थित नारायणी सामुदायिक वन क्षेत्रमा एक महिला जंगली भालुको आक्रमणमा परेर घाइते भएकी छन् । उनलाई सोबार बिहान घाँस काट्ने क्रममा भालुले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

कार्यालयले जनाएअनुसार बिहान ८:४० बजे तिर घाँस काटिरहेकी ४६ वर्षीया पंचमाया तामाङलाई अचानक जंगली भालुले आक्रमण गरेको थियो । आक्रमणबाट तामाङको शरीरका विभिन्न भागमा चोटपटक लागेको छ ।

हाल घाइते तामाङको कटारी अस्पताल, उदयपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । यो घटनाले वन क्षेत्रमा मानिसको प्रवेश र सुरक्षाको विषयमा थप ध्यान दिनुपर्ने अवस्था देखिएको स्थानीयवासीको भनाइ छ ।

Facebook Comments