त्रियुगामा घाँस काट्ने क्रममा रुखबाट लडेर एक जनाको मृत्यु

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१४ साउनेमा घाँस काट्ने क्रममा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–१४ साउने बस्ने बर्ष ४८ को रामकुमार थापा मगर रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

प्रहरीले जनाएअनुसार शनिबार बिहान घरनजिकैको बेलडाडा जंगलमा घाँस काट्न गएको उनको रुखबाट लडेर मृत्यु भएको हो । रुखबाट लडेर उनी करिब सय मिटर तल खसेका थिए ।

अहिले घटनापछिको आवश्यक कानुनी प्रक्रिया पुरा गरिसकिएको वडाध्यक्ष हिमराज मगरले बताए । सम्पूर्ण प्रक्रिया पुरा गरिसकिएपछि अहिले उनको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल लाने तयारी भइरहेको छ भने प्रहरीले घटनाको थप अनुसन्धान भईरहेको जनाएको छ ।

Facebook Comments