



उदयपुर । उदयपुरमा जन्ती बोकेको बस र मिनी ट्रक एक आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बारा जिल्लास्थित गढी गाउँपालिका वडा नम्बर ४ बस्ने बर्ष ७० को सिताराम धामी रहेको छ ।
उनको बिहिबार राती मदन भण्डारी राजमार्ग अन्तरगत उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर ७ जोगि टोलमा जन्ती बोकेको बस र मिनी ट्रक एक आपसमा ठोकिदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरीक्षक (इन्सपेक्टर) सुमन बानियाँले बताए । इन्सपेक्टर बानियाँलका अनुसार उदयपुर जिल्ला अस्पतालको उपचार पश्चात् थप उपचारको लागि बिराटनगर लगिएको उनलाई न्यूरो अस्पताल बिराटनगरले मृत्य घोषणा गरेको थियो ।
उनको बाराको गढी गाउँपालिकाबाट उदयपुरको गाईघाटतर्फ जन्ती बोकेको आउदै गरेको ०६–००१ ख २०४० नम्बरको बस र विपरीत दिशाबाट तेजपत्ता बोकेको ना. ८ ख २४०४ नम्बरको मिनी ट्रक एक आपसमा ठोकिएको थियो । घटनापछि जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरीक्षक (इन्सपेक्टर) सन्तोष कार्कीको कमाण्डमा खटिएको प्रहरी टोलीले तत्काल घाइतेलाई उद्धार गरेका थिए ।