उदयपुरमा जुवाको खालबाट १२ जना पक्राउ

उदयपुर । उदयपुरमा जुवा खेल्दै गरेको अवस्थामा शनिबार कौडा, तास र केही नेपाली नगद सहित १२ जना मानिस पक्राउ परेको छ । उनिहरुलाई जिल्लाको त्रियुगा नगरपालिका १३ हवाईफिल्डस्थित रामप्रसाद राईको घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

पक्राउ पर्नेमा घरधनी समेत रहेको त्रियुगा नगरपालिका १३ हवाईफिल्ड बस्ने बर्ष ४५ को राम प्रसाद राई, त्रियुगा ८ बस्ने बर्ष ७५ को मदन राउत, त्रियुगा ७ बस्ने बर्ष ४५ को रीत बहादुर राउत, सोहि ठेगानन बस्ने बर्ष ६२ को जाल बहादुर मगर, त्रियुगा १६ बस्ने बर्ष २७ को कुमार कार्की र त्रियुगा १२ बस्ने बर्ष ३४ को राजिन्द्र राई रहेको छ ।

त्यसैगरि पक्राउ पर्नेमै त्रियुगा १३ बस्ने बर्ष ५० को चिरञ्जिवी राई, त्रियुगा ४ बस्ने बर्ष ५२ को तिलक बहादुर बुढाथोकी, रौतामाई गाउँपालिका ३ बस्ने बर्ष ३५ को राज कुमार कटुवाल, सोहि ठेगाना बस्ने बर्ष ३५ कै वालकृष्ण राई, बर्ष ३० को निरज कटुवाल र सप्तरीस्थित सम्भुनाथ नगरपालिका ३ भई रौतामाई गाउँपालिका ३ बस्ने बर्ष २२ को राकेश चौधरी रहेको छ । उनिहरुको साथबाट २२ वटा कौडा, ३ बुक तास र नेपाली नगद ३ लाख १ सय ८० रुपैया बरामद गरिएको प्रहरी कार्यालयले जनाएको छ ।

विशेष सूचनाको आधारमा प्रहरी निरीक्षक सुमन बाँनियाको नेतृत्वमा खटिएको प्रहरी टोलीले उनिहरुलाई जुवाको खालबाटै पक्राउ गरेको थियो । अहिले उनिहरुलाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय उदयपुरमा राखिएको छ ।

Facebook Comments