उदयपुरमा हुने राष्ट्रिय आर्चरी खेलको तयारी अन्तिम चरणमा

उदयपुर, ६ पुस । जिल्लामा पहिलो पटक हुने भनिएको सातौं राष्ट्रिय आर्चरी खेल प्रतियोगिताको तयारी अन्तिम चरनमा पुगेको छ ।

आगामी पुस ९ देखि ११ गतेसम्म उदयपुरको सदरमुकाम गाईघाटमा सन्चालन हुने सो खेलको तयारी अन्तिम चरनमा पुगेको आयोजकले जनाएको छ । बुधबार एक पत्रकार सम्मेलनको आयोजना गरी उक्त खेल ३ विद्यामा सन्चालन हुने समेत आयोजकले जनाएको छ । ब्यवस्थापन समितिका संयोजक किरण राईले प्रतियोगिताका लागि देशभरबाट २५ जना महिला र ६५ जना पुरुष खेलाडीको सहभागिता रहने र एक डाईरेकटरसहित २० जना प्राविधिक परिचालन हुने बताएका छन् ।

संयोजक राईले उदयपुरको निम्ति यो सुनौलो अवसर रहेको भन्दै सफल बनाउन सबैले आ–आप्mनो ठाउँबाट सहयोग गर्न आग्रह गरेकाछन् । जिल्लाको सदरमुकाम गाईघाटस्थित थारुहट रंगशालामा सन्चालन हुने प्रतियोगितामा रिकर्व ओपन, कम्पाउन्ड आर्चरी र स्ट्याण्डर्ड आचरी जनियर गरी तीन विद्या रहनेछ । नेपाल सरकार, राष्ट्रिय खेलकुद परिषदको आर्थिक तथा नेपाल आर्चरी संघको प्राविधिक सहयोगमा सन्चालन हुने प्रतियोगिताको अन्य सम्पूर्ण ब्यवस्थापन गठित ब्यवस्थापन समितिले गर्नेछ ।

पत्रकार महासंघ शाखा उदयपुरको हलमा भएको पत्रकार सम्मेलनमा नेपाल आर्चरी संघका पदाधिकारी, प्राविधिक टोली तथा व्यवस्थापन समितिका सदस्यहरुको उपस्थिति रहेको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *