उदयपुरमा बाढीले बगाउदा एक जनाको मृत्यु

उदयपुर । अबिरल वर्षासँगै आएको बाढीले शनिबार  उदयपुरमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतामाई गाउँपालिका–१ माझखर्ककी १६ वर्षिया हिसिला तामाङ रहेकी छिन् ।

उनको गाउँ नजिकै रहेको ओडारे खोलाले बगाएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरिक्षक सन्तोष कार्कीले बताए । कार्कीका अनुसार, हिसिला खेतीबाट घर फर्कने क्रममा दिउसो बगाइएको थियो ।

उनको मृतअवस्थामा शव फेला परेको थियो । अहिले उनको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल ल्याउने काम भईरहेको छ ।

भिडियोः

Facebook Comments