त्रियुगा । उदयपुरको त्रियुगा नगरपालिकाले आफ्नो नगर अस्पताल सञ्चालनमा ल्याएको छ । सञ्चालनमा आएको अस्पतालको उद्घाटन नगर प्रमुख बसन्त करमार बस्नेत र उपप्रमुख महेश्वरी राईले संयुक्त रुपमा उद्घाटन गर्दै सञ्चालनमा ल्याएको हो ।
अस्पताल संविधान दिवसको अवसर पारेर नगरपालिकाको वडा नम्बर ५ देउरीमा रहेको स्वास्थ्य चौकीलाई स्तरन्नोती गर्दै सञ्चालनमा ल्याएको हो । अस्पतालमा ओपिडी सेवा, २४ घण्टा इमर्जेन्सी सेवा, ल्याब सेवा, बर्थिंग सेवा र केही विशेषज्ञ सेवाहरू उपलब्ध गराइने नगरका जनस्वास्थ्य अधिकृत उपेन्द्र कार्कीले बताएका छन् ।
त्रियुगा नगर अस्पताल व्यवस्थापन समिति अध्यक्ष नगर प्रमुख बसन्त कुमार बस्नेत, उपाध्यक्ष उपप्रमुख महेश्वरी राई, सदस्यहरु प्रमुख प्रशासकीय अधिकृत विष्णुभक्त सिग्देल, वडा अध्यक्ष उद्धव कुमार थापा, तनुकलाल चौधरी, चिन बहादुर राई, लक्ष्मी थापा, किरण कुमार कार्की र सदस्य सचिव डाक्टर अनिल आचार्य रहनेछन् । अस्पताल उद्घाटनपछि स्थानीयहरुले खुशी व्यक्त गर्दै स्वास्थ्य सेवामा ठूलो अपेक्षा गरेका छन् ।
भिडियोः