अनेरास्वबियु (क्रान्तिकारी) उदयपुरको जिल्ला सम्मेलन भदौ २० गते

उदयपुर । नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) उदयपुरको १० औँ जिल्ला सम्मेलन बिहिबार हुने भएको छ । जिल्ला अध्यक्ष सिताराम राउतले बिहिबार सम्पन्न हुने सम्मेलनको अन्तिम तयारी पुरा भएको जानकारी दिएका छन् ।

‘सम्पूर्ण बामपंथी देशभक्त, प्रगतिशील विद्यार्थीहरू एक हौं, सुदृढ संगठन निर्माणका लागि १० औं जिल्ला सम्मेलन’ भन्ने नाराका साथ सम्मेलन हुन लागेको हो । सम्मेलनमा एक सय ५० भन्दाबढी प्रतिनिधि तथा परिबेक्षकले सहभागीता जनाउने जिल्ला अध्यक्ष सिताराम राउतले बताए ।

अध्यक्ष राउतले बताएअनुसार संगठनको आउँदो नेतृत्वका लागि एक दर्जनभन्दा बढीले आकांक्षा देखाउदै आएका छन् । तर, एकताको सम्मेलन भएकोले पदमा सर्बसहम चयन हुने अध्यक्ष राउतको भनाई छ । सम्मेलन पार्टीका केन्द्रीय सदस्य सुरेश कुमार राई ‘हिमाल’को प्रमुख आतिथ्यतामा हुने छ ।

भिडियोः

Facebook Comments